add

कोरोनाका कारण ६ करोड गरिब थपिने विश्व बैंकको प्रक्षेपण






ActPro Nepal

|

७ जेठ, २०७७

|
754

काठमाडौं । विश्व बैंक समूहले कोरोना भाइरसको असरका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका मुलुकहरुका लागि १ खर्ब ६० अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको छ। 

यो प्याकेज कोरोना प्रभावित सय वटा मुलुकका लागि हो। प्याकेजअनुसार अनुदान र सहुलियतपूर्ण ऋणका ती मुलुकहरुले यो रकम प्राप्त गर्नेछन्। कोरोना संकटपछि विश्व बैंकले घोषणा गरेको यो अहिलेसम्मकै ठूलो प्याकेज हो। कोरोनाका कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको उद्धार गर्न तथा स्वास्थ्य प्रणालीको सुदृढीकरणमा काम थालिसकेको विश्व बैंकले जनाएको छ।

 सोमबार स्वीकृत भएको सहायता आगामी १५ महिनाभित्र तोकिएका मुलुकहरुले क्रमशः प्राप्त गर्नेछन्। यो सहायता मुलुकहरुलाई चरम आर्थिक संकटबाट माथि उठाउन कोशेढुंगा सावित हुने विश्वास विश्व बैंंकले गरेको छ। कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधिका कारण संसारभर करिब ६ करोड मानिस चरम गरिबीमा पुग्ने अनुमान गरिएको छ। विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले सय वटा मुलुकमा आपतकालीन अपरेसनका लागि विश्व बैंकले सहायता घोषणा गरेको बताएका छन्। यसबाट अन्य दाताहरुले पनि आफ्नो सहायता अगाडि लैजान मद्दत पुग्ने उनको विश्वास छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.