add

सवारी साधनको बीमा शुल्क घटाउन बीमा समितिको निर्देशन






ActPro Nepal

|

६ जेठ, २०७७

|
1070

काठमाडौं। लकडाउनका कारण सवारी साधन थन्किएपछि बीमा शुल्क घटाउन बीमा समितिले निर्देशन दिएको छ।

लकडाउन अवधिभरमा सवारी साधन थन्किएकोले मोटर बीमाको प्रिमियममा केही राहतको व्यवस्था गर्नु उपयुक्त हुने समितिको ठहर छ।

त्यसका लागि बीमा नविकरण गर्दा २०७६ चैत्र ११ गते देखि लकडाउन नहटाएसम्मको समयअवधिलाई सवारी थन्किएको अवधि मान्नुपर्ने समितिले निर्देशन दिएको छ।

अत्यावश्यक सेवाका सवारी साधनको हकमा सरकारले सवारी साधन सञ्चालन गर्न अनुमति दिएको समयलाई थन्किएको अवधी गणना गर्नुनपर्ने निर्देशनमा उल्लेख छ।

उपरोक्त बाहेक अन्य सबै सवारीसाधनको हकमा थन्किएको अवधि गणना गर्दा चैत्र ११ गतेदेखि लकडाउन अन्त्य नभएसम्मकै अवधि गणना गर्नु पर्ने निर्देशनमा उल्लेख छ।

चालु बीमा अवधिमा दावी परिसकेको सवारी साधनको हकमा भने थन्किएको अवधिको छुट लागु नहुने पनि निर्देशनमा उल्लेख छ।

बीमा शुल्क छुट गणना गर्दा कूल बार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिम कट्टा गरि बाँकी दुई तिहाईमा समानुपातिक छुट दिनुपर्ने निर्देशनमा उल्लेख छ।

कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचरी बीमा लगायत जोखिम समुहको समेत गणना गर्ने र उक्त छुट रकम सवारी साधनको बीमा नविकरण गर्दा नविकरण बीमा शुल्कमा समायोजन गर्नुपर्ने समितिको निर्देशन छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.