add

राष्ट्र बैकले जारी गर्याे ४२ बुँदे मार्गदर्शन : कर्मचारीलाई ‘वर्क फ्रम होम’ को सुविधा, यस्तो छ नयाँ व्यवस्था !






ActPro Nepal

|

६ जेठ, २०७७

|
720

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना पछिको लक डाउनलाई लक्षित गरेर ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन २०७७’ जारी गरेको छ । 

राष्ट्र बैंकले कोरोना संक्रमणबाट बच्नका लागि ‘वर्क फ्रम होम’ लाई स्वीकृति प्रदान गर्दै ४२ बुँदे मार्गदर्शन जारी गरेको हो । राष्ट्र बैंकले सोमबार मार्गदर्शन जारी गर्दै कामको प्रकृति बमोजिम कर्मचारीलाई घरबाटै कार्यालयको काम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । तर घरबाट काम गर्ने स्वीकृति प्राप्त कर्मचारीहरुले निरन्तर रुपमा आफ्ना सुपरिवेक्षक तथा विभाग, कार्यालय, इकाइका प्रमुखसँग सम्पर्कमा रहनु पर्ने हुन्छ ।

त्यसरी काम गर्दा कर्मचारीले आफ्नो टेलिफोन र मोबाइल तयारी अवस्थामा राख्नु पर्ने हुन्छ । इमेललाई अद्यावधिक रुपमा राखी सम्बन्धित प्रमुखसँग निरन्तर सम्पर्कमा रहनु पर्छ । यसैगरी राष्ट्र बैंकले कार्यालय तथा स्वास्थ्य सुरक्षा सम्बन्धमा पनि सावधानी अपनाउनु पर्ने उल्लेख गरेको छ । काम गर्दा अनिवार्य रुपमा तापक्रम मापन गर्ने इन्फ्रारेड थर्मोमिटरको ब्यवस्था गर्नु पर्ने छ भने कर्मचारी तथा सेवाग्राहीलाई कार्यालय प्रवेशमा अनिवार्य मास्क लगाउन भनिएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिदा सुरुमा शिलबन्दि बाक्सा नै बुझिलिने र केहि दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था गर्नुपर्ने छ । नोटबाट संक्रमण फैलन नदिन प्राप्त हुने नोट गणना गर्नुअघि डिसइन्फेक्सन गराउन अनिवार्य स्प्रे गराउने व्यवस्था गरेको छ । 

लक डाउनका बेलामा बैंकिङ कार्यालय, मुद्रा ब्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिईने छ । बैंक तथा वित्तीय संस्थाहरुबाट नगद दाखिला बुझिलिने सम्बन्धमा सुरुमा शिलबन्द बाक्सा नै बुझी केही दिनपछि मात्र गणना गरि बुझिलिने ब्यवस्था गरिएको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.