add

विद्युतीय कारोबार बढ्यो, एक सातामै साढे ३५ अर्बको कारोबार






ActPro Nepal

|

२९ चैत, २०७६

|
1045

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा विद्युतीय कारोवार गर्नेक्रम बढेको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका अनुसार लकडाउनको दोस्रो सातामा ३५ अर्ब ६० करोड बराबरको विद्युतीय कारोबारको फछ्र्यौट गरेको छ ।

जबकी पहिलो सातामा मात्रै १८ अर्ब ६० करोड बराबरको कारोवारको फछ्र्यौट गरेको थियो । पहिलो साताको तुलनामा झण्डै दोब्बरले विद्युतीय कारोबारको फछ्र्यौट गरिएको हो ।

लिमिटेडले हाल एनएचसिएल–इसिसी, एनसिएचएल–आइपिएस, कनेक्ट आइपिएस, कनेक्ट आरटिजीएस र एनपीआइ गरी ५ वटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । त्यसमा नेपाल राष्ट्र बैंकलगायत प्राय सबै बैंक वित्तीय संस्था आबद्ध छन् ।

सञ्चालनमा रहेका प्रणालीमध्ये इलेक्ट्रोनिक चेक क्लियरिङ (एनसीएचएल–इसीसी) र अन्तर बैंक भुक्तानी प्रणाली (एनसीएचएल–आइपीएस)मा बिहीबारदेखि लकडाउनपूर्वको अवस्थाबमोजिमको समयसम्म क्लियरिङ गर्ने व्यवस्था गरिएको छ ।

एनएचसीएल–इसीसीको नियमितरुपमा दिनको एक बजेर ३० मिनेटसम्म जम्मा गरिएका चेक र एनसीएचएल–आइपिएसमा दिनको १ः०० बजेसम्म प्राप्त भएका भुक्तानी आदेश सोही दिनमा फछ्र्यौट हुने व्यवस्था गरिएको छ । सो समयसीमापछि प्रणालीमा आएका कारोवार अर्को दिनमा फछ्र्यौट हुने व्यवस्था रहेको छ ।

एनसीएचएलको कनेक्ट आइपीएसबाट भने साविकबमोजिम चौबिसै घण्टा यसको मोबाइल एप्स, वेबसाइट अथवा बैंक वित्तीय संस्थाका मोबाइल र इन्टरनेट बैंकिङबाट कारोवार गर्न सकिने लिमिटेडले जनाएको छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.