add

बैंकमा कार्यरत कर्मचारीलाई २०७७ सालमा कति हुन्छ बिदा ? हेर्नुहोस सुचीसहित






ActPro Nepal

|

२६ चैत, २०७६

|
1205

काठमाडौं । नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले विक्रम सम्बत २०७७ सालको बैंक तथा वित्तीय संस्थाहरु बिदाको सूचि सार्वजनिक गरेको छ ।

नयाँ वर्षको दिन अर्थात बैशाख १ गतेबाट बैंक विदाको सुरुवात हुनेछ । 

गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनाको आधारमा राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका कार्यालयहरू र राष्ट्र बैंकको नियमनमा रहेका संस्थाहरू समेतमा हुने विदा तथा कार्यसमय तोकेको हो ।

राष्ट्र बैंकको सूचना अनुसार वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुनेछ । त्यस्तै, नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १९), बुद्ध जयन्ती (बैशाख २५), संविधान दिवस (असोज ३), दशैं बिदा (कात्तिक ७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुनेछ ।

त्यस्तै, महिला दिवस (फागुन २४ गते), शिवरात्री (फागुन २७ गते) तथा फागुपूर्णिमा (चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ । यसो गर्दा बिदा कुल ६७ दिन हुन जाने भए पनि संविधान दिवस, दशैं र तिहारमा १ र १ दिन शनिबार पर्ने भएकोले कुल बिदा ६४ दिनमा सीमित हुन लागेको हो ।

यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा (साउन २० गते), इन्द्रजात्रा (भदौ १६ गते, घोडेजात्रा (चैत २९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ । हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइनेछ ।

त्यस्तै, उभौली पर्व (वैशाख २५ गते), गौरा पर्व (भदौ १० गते), इदुल फित्र, छठपर्व (मंसिर ५ गते), क्रिसमस डे (पुस १० गते), उधौली पर्व (पुस १५ गते), माघेसंक्रान्ति (माघ १ गते), सोनाम ल्होसार (माघ ३० गते), ग्याल्पो ल्होसार (चैत १ गते) सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित जाती, क्षेत्र वा जिल्लामा  बिदा दिने व्यवस्था गरिएको छ ।

जितिया पर्व (भदौ २५गते) पनि जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा दिइनेछ ।

अन्तर्र्रािष्ट्रय अपांग दिवसमा मंसिर १८ मा अपांगता भएका कर्मचारीका लागि बिदा दिइनेछ । महागुरु फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते र गुरु नानकको जन्म जयन्तीका दिन मंसिर १५ गते पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ ।

राष्ट्र बैंकले कार्तिक १५ गतेदेखि माघ १५ गतेसम्म बैकिङ समय बिहान १०.०० बजेदेखि दिउँसो ३.०० बजेसम्म तथा वाँकी अवधिमा भने बिहान १० बजेदेखि बेलुका ४.०० बजेसम्म बैकिङ अवधि निर्धारण गरेको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.