add

पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड, कसले कति पाए ?






ActPro Nepal

|

२६ चैत, २०७६

|
1110

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड भएको छ ।  टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा बुधबार  आईपीओ बाँडफाँड  भएको हो ।

आईपिओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको थियो भने बाँकि रहेका ३ लाख ९० हजार ६ सय ३८ आवेदकलाई शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

उक्त आईपीओमा १० देखि ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई माग गरेजति सबै तथा बाँकी ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकामध्ये ७७ हजार २ सय ४५ जनालाई थप १० कित्ता सेयर परेको छ ।

मर्चेन्टका अनुसार १० कित्ताको आवेदन गर्ने २२ हजार ७ सय ४८ जना, २० कित्ताको माग गर्ने १५ हजार ५ सय ९० जना, ३० कित्ता सेयर माग गर्ने १२ हजार ७ सय २३ र ४० कित्ताको सेयर माग गर्ने २० हजार ९ सय २९ जना थिए । उनीहरू सबैले माग गरेजति सबै सेयर हात पारेका छन् ।

साथै, ५० देखि माथि अर्थात १० हजार कित्तासम्मको लागि आवेदन दिने मध्ये कोहीले ४० कित्ता पाएका छन् भने कोही भाग्यशालीले थप १० किता अर्थात ५० कित्ता सेयर पाएका छन् ।

कूल ३ लाख १३ हजार ६ सय ४८ जनाले ५० देखि १० हजार कित्तासम्मको लागि सेयर माग गरेका थिए । जसमा सबैले ४० कित्ता पाएका छन् भने जसमध्ये ७७ हजार २ सय ४५ जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् । समर्गमा ५० कित्ता सेयर ७७ हजार २ सय ४५ जनालाई ५० कित्ता सेयर वितरण गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.