add

बुधबार नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँट हुदै






ActPro Nepal

|

२५ चैत, २०७६

|
1129

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बुधबार (भोली) बिहान बाँडफाँट हुने भएको छ । बुधबार बिहान साढे ७ बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ । आइपीओ आरबीबी मर्चेन्ट बैंकिङकै कार्यालय, टेकुमा हुनेछ ।

यसअघि लकडाउनपछि बाँडफाँट गर्ने कार्यक्रम तय गरिएको थियो । तर, लकडाउन अवधि फेरि बढाइएपछि आवेदनकर्ताको माग बमोजिम लक डाउनकै समयमा पनि बाँडफाँट गर्नुपरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखरप्रसाद रायमाझिले बताए । 

 नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिंङका अनुसार यस आइपीओमा ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको हो । यो माग भन्दा ३।६८ गुणा धेरै आवेदन हो । यसमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् ।

 कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयनिष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशतले हुन आउने ८ लाख कित्ता शेयर पनि सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकिएको छ ।

 बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ हुनेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.