add

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले शपथ लिए






ActPro Nepal

|

२५ चैत, २०७६

|
1179

काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले शपथ लिएका छन् । 

प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाले अधिकारीलाई पद तथा गाेपनियताकाे शपथ खुवाएका हुन् । सर्वाेच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले निर्धारित साढे ११ बजे उनकाे शपथ ग्रहण सम्पन्न भएकाे बताए ।

मंगलबार दिउँसाे सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा उनलाई शपथ ग्रहण गराइएको हो । उनले अबकाे ५ वर्ष राष्ट्र बैंककाे गभर्नरकाे कार्यभार सम्हाल्नेछन् । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले अधिकारीलाई १७ औं गभर्नरका रुपमा आगामी ५ बर्षका लागिराष्ट्र बैंक गभर्नरमा नियुक्त गरेको हो ।

अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् । बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन्।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.