add

गभर्नरमा शिवाकोटी, खनाल र अधिकारी बिच प्रतिस्पर्धामा, कसको सम्भावना बलियो ?






ActPro Nepal

|

२४ चैत, २०७६

|
1341

काठमाडौं । नेपाल राष्ट्र बैंकको आगामी गभर्नरका लागि लागि तीन जनाको नाम सिफारिस भएको छ ।

सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाल परेका छन्।

अर्थन्त्रालय स्रोतका अनुसार, आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । प्रधानमन्त्रीले रुचि देखाए आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नर नियुक्त गर्नेछ ।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्छ।

एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। त्यसै अनुसार समितिले कुल तीन जनाको नाम सिफारिस गरेको हो। अब यि तीनमध्ये एक जना गभर्नर हुनेछन्।

सिफारिसमा परेका खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् । सिवकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् । सिवकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् ।

अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् । महाप्रसाद अधिकारी निवर्तमान गभर्नर डा. चिरञ्जिबी नेपालसँगै सिफारिसमा परेका थिए। तत्कालिन गभर्नर डा। युवराज खतिवडालाई सफल बनाउन अधिकारीको ठूलो हात छ।

अधिकारीको पहलमा वित्तीय क्षेत्रमा थुप्रै सुधारहरु भएका छन्। यसैले पनि उनको सम्भावना बलियो रहेको विज्ञहरुको दाबी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.