add

नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा झर्ने एडीबीको प्रक्षेपण






ActPro Nepal

|

२२ चैत, २०७६

|
1285

कठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

एडीबीको वार्षिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक २०२० मा उल्लेख भएअनुसार नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।

यो वृद्धि अघिल्लो वर्षको ७ दशमलव १ प्रतिशतभन्दा कम हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा परिरहेका बेला यसको असर नेपालको आर्थिक वृद्धिमा पनि देखिएको छ । महामारीका कारण पहिलो त्रैमासमा चीनको अर्थतन्त्रमा उद्योग,सेवा,रिटेल तथा लगानी जस्ता क्षेत्रमा नकारात्मक असर परेको छ।

यसैगरी मुद्रास्फिती सन् २०२० मा ६ र सन् २०२१ मा ५.५ प्रतिशत रहने एडीबीले जनाएको छ ।

समग्र विकासशील एशियाली मुलुकहरुको आर्थिक वृद्धि सन् २०२० मा २.२ प्रतिशत र सन् २०२१ मा ६.२ प्रतिशत हुने एडीबीको प्रक्षेपण रहेको छ ।

यसैका कारण वृद्धिदर २.३ प्रतिशतमा सीमित भएको छ महामारीको असर सामान्य भएको अवस्थामा सन् २०२१ मा चीनको वृद्धिदर ७.३ प्रतिशत हुने बैंकको अनुमान छ। त्यस्तै, यो वर्ष भारतको वृद्धिदर ४ प्रतिशतमा सीमित हुने बैंकको अनुमान छ।

विश्वव्यापी कमजोर माग र आफ्नै देशभित्रको महामारी प्रभावका कारण एशियाभित्रका सबै क्षेत्रमा वृद्धिदर कमजोर हुने छ। एशियाभित्रका विशेषगरी पर्यटनमा आधारित अर्थतन्त्र धेरै प्रभावित हुने एडीबीको प्रक्षेपण छ।

एडीबीले महामारीको आर्थिक नोक्सानी २ देखि ४ ट्रिलियन डलरसम्म हुने प्रक्षेपण गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.