add

कोरोना नियन्त्रण कोषमा एकै दिन ८४ करोड जुट्यो,कसले कति गरे सहयोग ? ( सूचीसहित)






ActPro Nepal

|

२१ चैत, २०७६

|
1159

काठमाडौं । कोरोनाभाइरस रोगको संक्रमणको रोकथाम तथा नियन्त्रयणका लागि सरकारले स्थापना गरेको कोषमा सहयोगको ओइरो लागेको छ । 

सरकारले गठन गरेको उक्त कोषमा बिहीबार एकैदिन ८४ करोड ५१ लाख ५० हजार रुपैंया सहयोग जम्मा भएसँगै कोषको आकार १ अर्ब ५९ करोड लाख पुगेको हो । बुधबारसम्म यस्तो सहयोग रकम २४ करोड ७३ लाख ७२ हजार रुपैंयामा सीमित थियो । बिहीबार उक्त सहयोग रकम जम्मा भएसँगै कुल सहयोग १ अर्ब ९ करोड पुगेको छ । 

उक्त कोषमा बिहीबारमात्रै १७ वटा संस्थाहरुले सहयोग रकम जम्मा गरेका थिए । सोमध्ये सबैभन्दा बढी सहयोग नेपाल आयल निगमले गरेको छ । निगमले ५० करोड रुपैंयाको चेक प्रधामन्त्री कार्यालयको खातामा जम्मा गरेको हो । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैंया जम्मा गर्दा नेपाल स्टक एक्सचेञ्जले ३ करोड ५१ लाख रुपैंया, नेपाल धितोपत्र बोर्ड, कर्मचारी सञ्चयकोष र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३/३ करोड रुपैंया र नागरिक लगानी कोषले २ करोड रुपैंया सहयोग गरेका छन् । 

नेपाल पुनर्बीमा कम्पनीले १ करोड १ लाख, एनएमबि बैंकले १ करोड ५१ लाख रुपैंया, प्रभु बैंकले १ करोड १ लाख रुपैंया, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड रुपैंया, सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ३५ लाख रुपैंया, नेपाल फ्रेइट एण्ड फर्वाडर्स एशोसिएसनले ७ लाख रुपैंया जम्मा गरेका छन् । 

सिटिजन्स बैंकले १ लाख रुपैंया, विश्वम्भर घिमिरेले १ लाख रुपैंया, मीना बस्नेत र माधव कुमार बस्नेतको संयुक्त नाममा ५० हजार रुपैंया सहयोग रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

त्यसबाहेक २ लाख ८२ हजार ९ सय १२ रुपैंया जम्मा भएको छ । त्यस्तो रकम जम्मा गर्नेको नाम नखुलेको समेत कार्यालयले जनाएको छ ।

बुधबारसम्म २४ करोड जम्मा गर्नेहरुको विस्तृत विवरण भने उल्लेख गरिएको छैन । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो कोष स्थापना गरेको हो । सो कोषमा सरकारले ५० करोड रुपैंया हालेको थियो भने संघीय सरकारका मन्त्रीहरुको १/१ महिनाको तलब समेत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । त्यस्तै, निजामति कर्मचारीहरुबाट अनिवार्य रुपमा कोषमा सहयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । 

अहिले त्यो कोषमा सहयोगको ओइरो लागेको छ । बिहीबार मात्रै २२ वटा वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैंया सहयोग गर्ने घोषणा गरिसकेका छन् । 




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.