add

अब मात्र १५ रुपैयाँमा आफ्न्तसँग दिनभरी कुरा गर्नुहोस






ActPro Nepal

|

१९ चैत, २०७६

|
1143

काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा ब्यालेन्स सकिएर दिक्दार बन्न नपर्ने योजना ल्याएको छ । ‘सेल्फ क्वारेन्टाइन’ बस्दाको समय सहज बनाउनको लागि उक्त योजना ल्याएको हो । 

यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ । यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिन्छ टेलिकमले जनाएको छ । 

अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिने टेलिकमले दावी गरेको छ । यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै  *1415*9*2#  गर्नु पर्दछ । यो प्याक लिनका लागि DVUNL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्छ ।

अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ । यो प्याक लिनका लागि *1415*1*5*4# डायल गर्नु पर्दछ । त्यसैगरी DVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने भ्वाइस प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याकहरु खरिद गरी प्रयोग गर्न सकिन्छ । 






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.