add

कोरोना नियन्त्रण नहुन्जेल रसुवागढी नाका सञ्चालन हुन नदिने घोषणा






ActPro Nepal

|

१९ चैत, २०७६

|
925

काठमाडौं । चीन तर्फको नाका खोल्ने संघीय सरकारको निर्णयलाई स्थानीय तहले अस्वीकार गरेको छ । कोरोना भाइरसको प्रभाव रहँदासम्म रसुवा गढी नाका खोल्न स्थानीय तहले अस्वीकार गरेको हो ।

अत्यावश्यक सामान आयात गर्न चीनतर्फका नाका खोल्ने संघीय सरकारको निर्णयलाई स्थानीय तहले अस्वीकार गर्दै निर्णय सच्याउन माग गरेको छ ।

गत बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समन्वय समिति बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार चीन तर्फका दुवै नाका सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, त्यो निर्णय सच्याउन रसुवाको गोसाइकुण्ड गाउँपालिकाले माग गरेको हो ।


गोसाइकुण्ड गाउँपालिकाले लेखेको पत्र

रसुवागढी नाका पर्ने वडाले जिल्ला प्रशासनको ध्यानाकर्षण गराउँदै पत्र लेखेर कोरोना नियन्त्रण नहुन्जेल नाका सञ्चालन हुन नदिने घोषणा गरेको छ । सो पत्रसँगै कोरोनाका कारण बन्द भएको नेपालचीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।

सरकारले गत शुक्रबारदेखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागका महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए ।

मुलुक संघीय पद्दतीको शासन व्यवस्थामा भएपनि सीमा नाका परराष्ट्र नीति अन्तर्गत पर्ने संवेदनशील विषय भएकोले निर्णय गर्ने अधिकार संघीय सरकारलाई रहेको संवैधानिक व्यवस्था छ ।

सरकारले गत बुधबार शुक्रबारदेखि नेपाल चीन प्रमुख व्यापारिक नाका खोल्ने निर्णय गरेको भएपनि स्थानीय स्तरमा देखिएका समस्याले नाका संचालनमा आउन सकेको छैन ।

समन्वय समितिको निर्णय पछि स्वास्थ्य र कृषि मन्त्रालयले तयार पारेको स्वास्थ्यसम्बन्धी मापदण्डमा रहेर अत्यावश्यक सामान आयात निर्यात सुचारु गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सारलाई अनुमति प्रदान गरेको थियो । कोरोनाका कारण चीनतर्फका रसुवागढी र तातोपानी दुवै नाका माघ १५ देखि औपचारिक रुपमा बन्द छन् ।

सरकारले यी दुवै नाका खोलेर अत्यावश्यक सामान नेपाल ल्याएर सर्वसुलभ बनाउने लक्ष्य लिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.