add

कोरोना( कोभिड–१९ ) रोकथाम कोषमा कुन बैंकले कति सहयोग गरे ?






ActPro Nepal

|

१३ चैत, २०७६

|
718

काठमाडौं । सरकारले खडा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा निजि क्षेत्र तथा विभिन्न व्यक्तिहरुले सहायता रकम जम्मा गरिरहेका छन् । सरकारले कोषमा सहयोग गर्नलाई समाजको विभिन्न वर्ग समुदाय तथा क्षेत्रलाई समेत सहयोगको लागी आह्रान गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं। १९६०००००११०१ मा सरकारले ५० करोड जम्मा गर्दै कोष खडा गरेको थियो । जसमा हालसम्म केहि बैंकहरुले पनि सहायता रकम जम्मा गरेका छन् । 

ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख 

ग्लोबल आइएमई बैंकले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सोही प्रयोजनार्थ बैंकलेस्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोष मार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेको हो । 

नेपाल बैंकले एक करोड 

कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । मानवीय विपदका घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

कृषि विकास बैंकले एक करोड २५ लाख 

कृषि विकास बैंकले कोरोना विरुद्ध लड्न सरकारले खडा गरेको कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ । 

राष्ट्रिय सहकारी बैंकले ११ लाख ११ हजार 

नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । बैंकका सञ्चालक तथा लेखा समितिको वैठक भत्ता, कर्मचारीहरुको एक दिन बराबरको तलव सहित समावेश गरी सरकारले सञ्चालन गरेको कोषमा उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ ।

त्यस्तै सरकारले खडा गरेको कोरोना कोषमा कर्पोरेट हाउसहरुले पनि सहयोग गरेका छन् हालसम्म लक्ष्मी र विशाल ग्रुपले सहयोग गरेका छन् । 

लक्ष्मी ग्रुपले एक करोड 

लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।  लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले विश्व व्यापीरुपमा फैलिएको रोगको महमारीको संकटलाई सहयोग घोषणा गरेको बताएका हुन् । निजी क्षेत्रले सरकारले घोषणा गरेको कामलाई अझ  बलियो बनाएर संकटबाट मुक्ति गराउन सहयोग गरेको उनले जनाएका छन् । 

विशाल ग्रुपले कोरोना एक करोड 

नेपालमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.