add

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो,कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

७ चैत, २०७६

|
696

काठमाडौं  । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।

विहिबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रबार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रबार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।

विहिबार प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रबार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार २०० रुपैयाँ कायम भएको महासंघले बताएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढ्यो ।

शुक्रबार प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य २० रुपैयाँ बढ्दै प्रतितोला ७०० रुपैयाँ कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.