add

मूल्यवृद्धि सरकारले अनुमान भन्दा बढी, धेरै महंगी काठमाडौंमा






ActPro Nepal

|

५ चैत, २०७६

|
765

काठमाडौं । नेपालको मूल्य वृद्धि सरकारले अनुमान गरेभन्दा बाहिर देखिएको छ। देशको आर्थिकस्थितीमा सुधार देखिए पनि मूल्यवृद्धिमा भने चाप देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६र७७ को ७ महिनासम्मको नयाँ रिपोर्टमा मूल्यवृद्धि सरकारले अनुमान गरेभन्दा बढी भएको देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मुल्य वृद्धिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको सुरुवातबाट नै सरकार आफुले लिएको मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै गएको छ ।  चालु आर्थिक वर्षको सात महिनासम्ममा मुल्यवुद्धि भने ७ प्रतिशतले भएको छ । 

गत आर्थिक वर्षको माघ महिनासम्म मूल्यवृद्धि ४.३५ प्रतिशतमात्रै थियो । राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । 

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वद्धि उच्च रहेको छ । 

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

यस अवधिमा क्षेत्रअनुसार सबैभन्दा धेरै महंगी काठमाडौं उपत्यकामा देखिएको छ । काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । गत महिनासम्म तराईमा मूल्यवृद्धि धेरै थियो ।

यसैगरी अहिले तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको माघमा काठमाडौं उपत्यकामा ५.१९ प्रतिशत, तराईमा ३.४४ प्रतिशत, पहाडमा ४.९१ प्रतिशत र हिमालमा ५.२७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.