add

एनआईसी एशिया लघुवित्तको ४७ लाख ५५ हजार कित्ता आईपीओ आउँदै






ActPro Nepal

|

५ चैत, २०७६

|
1218

काठमाडौं । एनआइसी एसिया लघुवित्तले धितोपोत्रबाड आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।

लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा बढी आइपिओ (जसको मूल्य ४६ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता रहेको छ ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । 

बोर्डले कम्पनीलाई ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ विक्री गर्न फागुन ४ गते स्वीकृति प्रदान गरेको हो । लघुवित्त क्षेत्रकै सबैभन्दा बढी आईपीओ निष्कासनका लागि यस कम्पनीले बोर्डको स्वीकृति पाएको हो ।

केयर रेटिङ्ग नेपालले यस कम्पनीको आईपीओलाई औषतभन्दा कम आधारको संकेत गर्ने आईपीओ ग्रेड ४ प्लसको रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सानिमा क्यापिटलले पुरा गर्नेछ । 

हाल कम्पनीको चुक्ताूपूँजी  १  अर्ब ४५ लाख रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले  ११ करोड १२ लाख रुपैयाँ भन्दा बढी नाफा गरेको छ । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा २१ करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.