add

होलीको रौनक नभए पनि ३३ करोड ७२ लाखको होली रंग आयात






ActPro Nepal

|

२६ फागुन, २०७६

|
1171

काठमाडौं ।  वर्षेनी नेपालमा अर्बौं रुपैयाँको रंग आयात हुँदै आएको छ । चालु आर्थिक वर्षको ७ महिनामा (साउन–माघ) ३३ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको होली रंग आयात भएको छ । रंग आयातबाट कुल ५ करोड ५५ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सार तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षमा सोही अबधिमा २५ करोड १७ लाख १८ हजार रुपैयाँ बराबरको होलीको रंग आयात भएको थियो । सो अवधिमा रंग आयातबाट ४ करोड ३९ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।


गत वर्ष कुल ३ अर्ब १ करोड रुपैयाँ बराबरको रंग आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । त्यसबाट १ अर्ब १२ करोड ३२ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा कुल ३ अर्ब २७ करोड २६ लाख रुपैयाँ बराबरको रंग आयात भएको थियो । सो आयातका क्रममा १ अर्ब ११ करोड २३ रुपैयाँ राजश्व संकलनभएको भन्सार विभागले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७३/७४ सालमा १ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ बराबरको रंग आयात भएको थियो । प्रत्येक वर्ष रंगको आयात बढ्दो क्रममा रहेको छ । नेपालमा प्रत्येक चाडपर्वमा रंगको आवश्यक पर्ने तथा अबिर तथा केसरी दैनिक पुजापाठमा प्रयोग हुने भएकाले धेरै आयात हुने गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.