add

प्रतितोला २२ सय रुपैयाँले बढ्यो सुनको मूल्य , अझै बढ्ने अनुमान






ActPro Nepal

|

२१ फागुन, २०७६

|
906

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम  बुधबार पनि जारी नै रह्यो ।  बुधबार छापावाल सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ ।

मंगलबार प्रतितोला  ७८ हजार ३ सय रुपैँयामा कारोबार  भएर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा बुधबार २२ सय रुपैयाँ  बढ्दै प्रतितोला ८० हजार ५ सय रुपैयाँ कायम भएसंगै सुनको मूल्यमा अर्को रेकर्ड कायम भएको हो ।

तेजाबी सुनको मूल्य तोलामा पनि दुई हजार दुई सय रुपैयाँले बढेर ८० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलामा ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँ पुगेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.