add

कतिमा हुदैँछ कारोबार? सुन र चाँदीको भाउमा कस्तो उतारचढाव ?






ActPro Nepal

|

१६ फागुन, २०७६

|
837

काठमाडौं, १६ फागुन । रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य शुक्रवार घटेको छ । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो ।

विहिवार प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार ५०० रुपैयाँ घट्दै प्रतितोला ७९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्यमा पनि प्रतितोला ५०० रुपैयाँले नै घट्यो । विहिवार प्रतितोला ७९ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य शुक्रवार ५०० रुपैयाँ घट्दै प्रतितोला ७८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

शुक्रवार चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँ घट्यो । विहिवार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा शुक्रवार २० रुपैयाँ घट्दै प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.