add

सुनको मूल्य प्रतितोला ८० हजार नजिक पुग्यो, अझै बढ्ने अनुमान






ActPro Nepal

|

११ फागुन, २०७६

|
817

आईतबार  सुन तोलाको ७८ हजार ८ सय  कायम भएको छ । 

आईतबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो ।

आईतबार छापावाल सुन प्रतितोला ७८ हजार ८ सय तथा तेजावी सुन  प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतबार चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको महासंघले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.