add

फाइदा नै फाइदासहित एनआईसी एशियाको न्यू सुपर चमत्कारिक खाता, यस्ता छन् फाइदा






ActPro Nepal

|

११ फागुन, २०७६

|
1234

काठमाडौं, ११ फागुन ।एनआईसी एशिया बैंकले आफ्ना  ग्राहकलाई थप फाईदाहरु पस्कदैं ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’हरु सार्वजनिक गरेको छ । 

एनआईसी एशिया बैंकले न्यू चमत्कारिक बचत खाता योजना सार्वजनिक गरेको छ । न्यू चमत्कारिक  योजनामा ग्राहकले थप  ३० वटा फाइदा पाउन सकिने बैंकले जनाएको छ ।

यो खाता खोल्दा न्युनतम ५० हजार रुपयाँदेखी २ लाख १४ हजार रुपयाँसम्मको फाइदा पाईने बैंकले जनाएको छ । यस खाता योजनामा बीमा सम्बन्धी ३ फाइदा, कर्जामा २ फाइदाका साथै २५ वटा अन्य फाइदाहरू रहेको बैंकले जनाएको छ ।

ग्राहकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपयाँ बराबरको बीमा सुविधा पाउने छन् । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको मेडिकल बीमा समेत पाउने व्यवस्था रहेको जनाईएको छ ।

मेडिकल बीमा अन्तर्गत ग्राहकले अस्पतालमा डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका खर्चहरु बापत २० हजार रूपयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपयाँँसम्मको बीमा दावी गर्न सक्नेछन् ।

खुद्रा कर्जा प्रवाहमा कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा सहुलियतको सुविधा दिइएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त बचत खाता हुने ग्राहकले ५० लाखको कर्जा उपयोग गर्दा करिब १ लाख १३ जहार रूपयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्ने बताईएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.