add

नेपाल वितरक संघमा नयाँ नेतृत्व अध्यक्षमा : राजेन्द्र सिंखडा






ActPro Nepal

|

४ फागुन, २०७६

|
1857

काठमाडौं, ४ फागुन ।  नेपाल वितरक संघ (काठमाडौं) को उन्नाइसौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

संघका तत्कालिन अध्यक्ष दुर्गाराज श्रेष्ठको सभापतित्वमा काठमाडौंको बत्तिसपुतली स्थितमा अनुपम फुडल्याण्डमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष उद्यमी दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 कार्यक्रममा नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारी सहित महासचिव हरिराज पन्त, नेपाल चेम्बर अफ कमर्सका सन्तोष पाण्डे, ललितपुर चेम्बर अफ कमर्सका भरतलाल जोशी (वरिष्ठ उपाध्यक्ष), ग्यास विक्रेता महासंघ नेपालका चन्द्र थापा (वरिष्ठ उपाध्यक्ष), खाद्य किराना व्यवसायी संघका देवेन्द्रभक्त श्रेष्ठ, बजार तथा विक्री प्रबन्धक संघ ९३ नं प्रदेश०का अध्यक्ष कुमार तिमिल्सिना लगायत नेपाल वितरक महासंघ, विभिन्न वस्तुगत संघहरु, विभिन्न व्यावसायिक संघसंस्था, वितरक संघका सदस्यहरुको अलावा ठूलो सङ्ख्यामा वितरक व्यवसायीहरु, भद्रभलादमी तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वितरण क्षेत्रका समस्याहरु बारे व्यापक वहस भएको छ । कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले व्यवसायीहरु एकजुट हुनुपर्ने बेला आएको बताए । महासंघका अध्यक्ष सुरेश अधिकारीले अहिले वितरकहरुको ठूलो समस्या बनेको एरिया घटाउने कार्यको सशक्त ढङ्गले विरोध गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिले वितरक महासंघ सशक्त बनिसकेको बताउँदै सबै वितरकहरुलाई अब ढुक्कले काम गर्न आश्वस्त पार्नुभयो । ऊहाँले अहिले वितरक व्यवसायीहरुले पारदर्शी तवरले काम गरिरहेको र राज्यलाई समेत सहयोग गरिरहेको बताउँदै राज्यले इजाजत दिँदा वितरक नै भन्ने शब्द उल्लेख गरेपनि वाणिज्य ऐनमा वितरक शब्द उल्लेख हुन नसक्नुले अझै वितरक व्यवसायीहरुको सही पहिचान कायम हुन नसकेको बताउँदै अबका संशोधन हुने वाणिज्य ऐनमा यस कुरालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि दिनेश श्रेष्ठले सरकारले ल्याएका भिसिटिएस, प्यान, सामाजिक सुरक्षा लगायतका कार्यक्रमहरु राम्रा भएपनि एकैपटक लागु गर्न खोज्दा समस्या उत्पन्न भएको बताउनुभयो ।  साथै अब व्यवसायीहरु पनि परिष्कृत हुँदै जानुपर्नेमा समेत ऊहाँले जोड दिनुभएको छ । साथै अहिले वाणिज्य ऐन र उपभोक्ता ऐनमा व्यवसायीहरुका कुरा नसमेटिएको र यी ऐनहरुले व्यवसायी त्रासयुक्त वातावरणमा काम गर्नुपर्ने अवस्था रहेको बताउँदै व्यवसायीहरुलाई सचेत रहन आग्रह समेत गर्नुभयो ।

कार्यक्रमको दोस्रो (बन्द) सत्रले नयाँ कार्यसमिति घोषणा समेत गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा राजेन्द्र सिंखडा, उपाध्यक्षहरुमा लव कुमार श्रेष्ठ र रामहरि घिमिरे, महासचिवमा यमनाथ पौडेल, सहसचिवमा नवराज दाहाल, कोषाध्यक्षमा राजु प्रसाद पौडेल, सहकोषाध्यक्षमा राजेश डंगोल तथा सदस्यहरुमा लोकेश्वरमान जोशी, अशोक कुमार कँडेल, गणेश प्रसाद तिमिल्सिना, प्रेमहरि मैनाली, दिनेशमणि रिसाल र सुरेश ढुङ्गाना रहनुभएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.