add

केन्द्रको विकास खर्च ७ महिनामा १९% : कुन प्रदेशको कति खर्च ?






ActPro Nepal

|

४ फागुन, २०७६

|
1068

काठमाडौं- सरकारको विकास खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक बर्षको सात महिना वितिसक्दा पनि विकास बजेट १९ प्रतिशत मात्रै खर्च भएको छ ।

चालू आर्थिक वर्षको सात महिना बित्दा पनि संघीय सरकारले १८ दशमलव ८५ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । त्यस्तै, प्रदेशको औसत खर्च पनि १५.५५ प्रतिशत मात्र छ । 

अहिलेसम्म प्रदेश २ मा ४.१५ प्रतिशत र कर्णालीमा ५ प्रतिशत मात्र खर्च, सबैभन्दा धेरै खर्च गर्ने प्रदेश १ मा २५.१९ प्रतिशत र प्रदेश ५ मा २२.५८ प्रतिशत खर्च छ । बागमतीमा १९, गण्डकीमा १९ र सुदूरपश्चिममा १३.९७ प्रतिशत विकास बजेट खर्च भएको छ ।

विगतका महिनामा विकास खर्च कम भएकाले पछिल्ला महिनामा स्वत विकास बजेट खर्च कम हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।पुष्पराज कँडेलेले बताए । उनले भने, ‘सबै प्रदेश तथा स्थानीय तहमा कमचारी अभाव तथा कमचारी समायोजनका कारणले पनि विकास खर्चले गति लिन्न नसकेको हो ।

कुन प्रदेशको कति खर्च ?

केन्द्र सरकारको मात्रै होइन प्रदेश सरकारको पनि विकास बजेट खर्च निराशाजनक छ। चालु आर्थिक बर्षको सात महिनाको अवधिमा सबै भन्दा धेरै प्रदेश एकले २५।१९ प्रतिशत तथा सबै भन्दा थेरै प्रदेश दुई सरकारले विकास बजेट खर्च गरेका छन् ।

प्रदेश एकको २५.१९ प्रतिशत

प्रदेश एक सरकारले चालु आर्थिक बर्षको सात महिनामा २५.१९ प्रतिशत विकास खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ४२ अर्ब २० करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

प्रदेश दुईको ४.१५ प्रतिशत

प्रदेश दुई सरकारले चालु आर्थिक बर्षको सात महिनामा ४.१५ प्रतिशत विकास खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ३८ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बाग्मती प्रदेशको १९ प्रतिशत

बाग्मती प्रदेश सरकारले चालु आर्थिक बर्षको सात महिनामा १९ प्रतिशत विकास खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशको १९ प्रतिशत

गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षको सात महिनामा १९ प्रतिशत विकास खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

प्रदेश पाँचको २२.५८ प्रतिशत

प्रदेश पाँच सरकारले चालु आर्थिक बर्षको सात महिनामा २२.५८ प्रतिशत विकास खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ३६ अर्ब ४१ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

कर्णाली प्रदेशको ५ प्रतिशत

कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षको सात महिनामा ५ प्रतिशत विकास बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

सुदुरपश्चिम प्रदेशको १३.९७ प्रतिशत

सुदुरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षको सात महिनामा १३.७९ प्रतिशत विकास बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि २८ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालू खर्च हो भने ४ अर्ब ८ करोड पुँजीगत खर्च र १ खर्ब ६७ अर्ब वित्तीय व्यवस्थाका लागि लक्षित विनियोजित बजेट भएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.