add

भारतको नयाँ बजेट : नेपालको सहयोगमा ४ अर्ब कटौती






ActPro Nepal

|

१९ माघ, २०७६

|
1749

काठमाडौं । छिमेकी देश भारतले नेपाल सरकारलाई दिर्दै आएको अनुदान सहयोगमा भारी कटौती गरेको छ।
शनिबार भारत सरकारका केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले संसदमा पेश गरेको आर्थिक वर्ष २०२०÷२१ को बजेटमा नेपाललाई ४ अर्ब अनुदान कटौती गरिएको हो।

तर छिमेकी अन्य देशहरुलाई दिने अनुदान सहयोगमा भने बृद्धि गरिएको छ। आर्थिक बर्ष २०१९-२०२० को तुलनामा आर्थिक बर्ष २०२०-२०२१ मा ४ अर्ब नेपालको सहयोग कटौती गरिएको छ । 

गत आर्थिक बर्षमा नेपाललाई १२ अर्ब अनुदान सहयोग गरेको भारत सरकारले नयाँ आर्थिक बर्षमा जम्मा ८ अर्ब सहयोग गर्ने बजेटमा उल्लेख गरेको छ।

नेपाल बाहेक भारतले सहयोग कटौती गरेका देशहरु केही अफ्रिकी देश सहित मौरिसस, मालदिभ्स र श्रीलंका पनि रहेका हुन्।

नयाँ बवेटमा नेपाललाई दिने सहयोगमा ३३ प्रतिशत (४ अर्ब),अफ्रिकी देशमा एक अर्ब, मौरिससलाई ७५ करोड, मालदिभ्सलाई २६ करोड र श्रीलंकालाई ५ करोड भारतीय रुपैयाँ कटौति गर्ने उल्लेख छ।

अर्थविद डिल्लीराज खनाल छिमेकी मुलुक भारतले नेपाललाई दिदै आएको सहयोग कटौतीले शिक्ष्ष, कृषि, सडक निर्माण र स्वास्थ्य क्षेत्रमा प्रत्येक्ष असर पर्ने बताउँछन्। ‘भारत सरकारले दिने अनुदान सहयोगमा कटौती हुदा शिक्षा, कृषि, सडक निर्माण, स्वास्थ्य लगायत क्षेत्रमा प्रत्येक्ष असर गर्छ’ खनाले भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.