add

सामाजिक सञ्जालबाट रकम लेनदेन गरे अब मुद्दा लाग्ने : नेपाल राष्ट्र बैंक






ActPro Nepal

|

१८ माघ, २०७६

|
1806

काठमाडौं - फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालबाट विज्ञापन बापतको पैसा लेनदेन गरे अब कारबाही हुने भएको छ। 

सामाजिक सञ्जालबाट  गरिने विज्ञापन जस्ता कारोबार लाई   राष्ट्र बैंकले यसअघि नै अबैध ठहर   गर्दै  यस्तो  कारोबार गरे   कारबाही गरिने जानकारी दिएको हो।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले एक सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने दुबै काम गैरकानुनी भएको बताएका छन्।

नेपालमा फेसबुकमा विभिन्न सामग्रीहरु प्रायोजन गर्ने क्रम तीब्र रुपमा बढिरहेका बेला राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो। विदेशी विनिमयसम्बन्धी कानून बनेपछि राष्ट्र बैंकले विदेशी मुद्रा अपचलन तथा अवैध कारोबारमा कडाई गर्न लागेको हो।

नेपालमा फेसबुकमा पेजहरु ‘बुस्ट’ गर्ने, विभिन्न सामग्रीहरुको विज्ञापन गर्ने तथा राजनीतिक दलका नेताहरुले आफ्ना सामग्री प्रायोजन गर्ने काममा वर्षेनी करोडौँ रकम सामाजिक सञ्जाल फेसबुकलाई तिर्ने गरेको पाईन्छ। तर यो रकमको नेपालमा कुनै हिसाब नरहने हुँदा हालसम्म कति रकम विदेश गएको छ भन्ने कुराको विवरण पाउन मुस्किल छ।

त्यस्तै फेसबुककै ‘इन्स्टान्ट आर्टिकल’, युटुब सामग्री एवम अन्य विज्ञापन दिने साइटहरुमार्फत् नेपालमा पनि वर्षेनी करोडौँ रकम भित्रिने गरेको छ।यस्तो रकम पनि विभिन्न निजी कम्पनी एवम् व्यक्तिमार्फत् नेपाल आईपुग्ने भएकाले कुनै लेखाजोखा रहने गरेको छैन। कुनै पनि कारोबारको कर सरकारलाई तिर्नुपर्ने बाध्यात्मक कानुन विद्यमान रहेकाले यस्तो कारोबारमा राष्ट्र बैंकले कडाई गर्न लागेको हो।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.