add

अन्य बैंकको तुलनामा लक्ष्मी बैंकको मुनाफा २५ प्रतिशतले बढ्यो






ActPro Nepal

|

१४ माघ, २०७६

|
873

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले २५ प्रतिशतले नाफा बढाएको छ । 

पुष मसान्त सम्ममा बैंकले ९० करोड ३० लाख २९ हजार खुद  मुनाफा   आर्जन गरेको छ । 

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड ३७ लाख ९१ हजार मुनाफा आर्जन गरेको बैंकको मुनाफा चालु आर्थिक वर्षको सोहि अवधिमा २४।७६ प्रतिशतले बढेको छ । 

९ अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ८० पैसा बढेर १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ करोड १८ लाख वितरण योग्य मुनाफा आर्जन गर्न सफल यस बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८५ अर्ब ५ करोड २५ लाख कर्जा परिचालन गरेको बैंकले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१ करोड ५७ लाख बढेर १ अर्ब २९ करोड ४१ लाख पुगेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.