add

नेपालमा रहेको एलआईसी नेपाल पनि संकटमा






ActPro Nepal

|

१३ माघ, २०७६

|
1158

भारतीय बीमा कम्पनी लाइफ इन्स्युरेन्स कर्पोरेशन (एलआइसी)  का लगानीकर्ताको  अवस्था यतिखेर निकै नाजुक छ । 

भारत सरकारको स्वामित्व रहेको एलआइसीले लगानी गरेका कम्पनीहरू डुब्ने अवस्थामा पुगेपछि एलआइसी स्वयंमाथि संकट आइपरेको हो ।  कम्पनीले हालै जारी गरेको वित्तीय प्रतिवेदनअनुसार सन् २०१९ मार्चसम्म एनपीएको आँकडा लगानीको अनुपातमा ६.१५ प्रतिशतले बढेको छ । जब कि सन् २०१४र१५ मा एनपीए ३.३० प्रतिशतसम्म थियो । यसको मतलब पछिल्लो पाँच वर्षको अवधिमा एलआईसीको एनपीए शतप्रतिशतको हाराहारीमा बढेको छ । 

बीबीसी हिन्दीका अनुसार एलआईसीको सन् २०१८र१९ को रिपोर्टअनुसार सन् २०१९ मार्च ३१ सम्म कम्पनीको एनपीए भारु २४ हजार ७७७ करोड रुपैयाँ थियो । जब कि कम्पनीको कुल कर्जा भारु ४ लाख करोड रुपैयाँभन्दा बढी थियो । एलआईसीको कुल सम्पत्ति भारु ३६ लाख करोड रुपैयाँ छ ।

बीबीसी हिन्दीका अनुसार दिवान हाउजिङमा एलआईसीको भारु ६५ सय करोडभन्दा बढी लगानी छ । त्यस्तै रिलायन्स क्यापिटलमा ४ हजार करोडभन्दा बढी लगानी छ । यसरी यति धेरै रकम खराब कम्पनीहरुमा लगानी गरेर एलआईसी आममानिसको करोडौँ लगानीमा जोखिममा पारेको विज्ञहरु बताउँछन् ।

 यो कम्पनीको ५५ प्रतिशत स्वामित्व रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० ले लाखौँ नेपालीबाट बिमाबापत अर्बौं रकम उठाएको छ । भारतमा जोखिममा परेको एलआईसीबाट नेपालमा रहेको एलआईसी नेपाल पनि प्रभावित हुने जानकारहरु बताउँछन् । 

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.