add

भित्रियो ४ खर्ब रेमिट्यान्स-गत वर्षको तुलनामा ०.१ प्रतिशतले वृद्धि






ActPro Nepal

|

१३ माघ, २०७६

|
2198

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ को प्रतिवेदन अनुसार पछिल्लो चार महिनामा नेपालमा ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।

राष्ट्र बैंकले तयार पारेको तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष रेमिट्यान्स भित्रिने क्रम बढेको छ । 

सबैभन्दा धेरै कतारबाट

राष्ट्र बैंकले सार्वजनिक गरेको रेमिट्यान्स तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै कतारबाट रेमिट्यान्स भित्रिएको छ । चार महिनामा कतारबाट मात्रै ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्सको रुपमा भित्रीएको छ । जसको योगदान १०० प्रतिशतमा १६।७ प्रतिशत रहेको छ ।

भारतबाट भित्रियो ४३ अर्ब १६ करोड

राष्ट्र बैंकको तथ्यांक अनुसार कतारपछि नेपालमा धेरै रेमिट्यान्स भित्रने देश भारत रहेको छ ।पछिल्लो ४ महिनामा भारतबाट ४३ अर्ब १६ करोड रेमिट्यान्स भित्रियो । जसको योगदान १४।२ प्रतिशत रहेको छ ।

खाडी मुलुकको मात्रै ५० प्रतिशत भन्दा धेरै योगदान

सार्वजनिक तथ्यांक अनुसार चार महिनाको अवधिमा खाडी मुलुकबाट मात्रै कुल रेमिट्यान्समा ५० प्रतिशत भन्दा धेरै योगदान रहेको छ ।यस अवधिमा ४ खाडी मुलुकहरु कतार, मलेशिया, यूएई, साउदी अरबियाबाट मात्रै ५०।३० प्रतिशत रेमिट्यान्स भित्रिएको छ । जसमा यूएईबाट ४० अर्ब ८७ करोड, साउदी अरेबियाबाट ३८ अर्ब १५ करोड र मलेशियाबाट २९ अर्ब ६६ करोड रेमिट्यान्स भित्रिएको छ ।

यस अवधिमा अमेरिकाबाट २५ अर्ब ४२ करोड, जापानबाट २२ अर्ब ८७ करोड, कुवेतबाट ११ अर्ब ५२ करोड, बहराइनबाट ८ अर्ब ७९ करोड रेमिट्यान्स भित्रिएको छ । कोरियाबाट ६ अर्ब १५ करोड, बेलायतबाट ५ अर्ब ४ करोड, अस्ट्रेलियाबाट १ अर्ब ३४ करोड र अरु अन्यबाट १८ अर्ब ७ करोड रेमिट्यान्सत भित्रिएको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्ष सोहि अवधिको तुलनामा रेमिट्यान्स ०.१ प्रतिशतले बढी हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.