add

मेरो माइक्रोफाइनान्सको खुद नाफा ३२.५५ प्रतिशत बढ्यो






ActPro Nepal

|

१३ माघ, २०७६

|
916

नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहेको मेरो  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सन्तोजनक प्रगति गरेको छ ।

संस्थाले ८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। दोस्रो त्रैमाससम्ममा वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ३२.५५ प्रतिशतले बढाएको छ । माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारसँगै खुद नाफा बढेको हो।

गत वर्ष यही अवधिमा संस्थाले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।संस्थाको सञ्चालन मुनाफा ११ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ९ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले २४ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्ष १५ करोड ७ लाख रुपैयाँमा सीमित थियो । दोस्रो त्रैमास संस्थाले १ अर्ब ४५ करोड निक्षेप संकलन गरी ५ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्था रिजर्भको आकारमा ९३.३७ प्रतिशतले बढाएको छ । गत वर्ष १३ करोड ८६ लाख रुपैयाँ रिजर्भमा रहेकोमा समीक्षा अवधिमा बढेर २६ करोड ८० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा संस्थाको चुक्तापुँजी ६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ४ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो । संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी १९।१८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.३९ रुपैयाँ रहेको छ । 





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.