add

आजदेखि ‘फिल्म साउथ एसिया’ महोत्सव






ActPro Nepal

|

६ मंसिर, २०८१

|
83

काठमाडौं । वृत्तचित्रहरूको दक्षिण एसियाली मेला मानिने ‘फिल्म साउथ एसिया’ को चौधौँ संस्करण आज (बिहीबार)देखि ललितपुरमा सुरु हुँदैछ। यलमाया केन्द्रमा चार दिनसम्म चल्ने महोत्सवमा ४७ वटा वृत्तचित्र र लघु चलचित्र प्रदर्शन हुनेछन्।

महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन्।

जहाँ बेस्ट फिल्म, जुरी अवार्ड, बेस्ट स्टुडेन्ट फिल्म, बेस्ट डेब्यु फिल्म र बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने सहायक फेस्टिभल डाइरेक्टर पवस मानन्धरले जानकारी दिए। उनका अनुसार यो वर्ष बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको हो।

बिहान ९ बजेदेखि महोत्सव सुरु हुने मानन्धरले जानकारी दिए। महोत्सवमा निर्देशनसम्बन्धी कार्यशाला हुनेछ। 

कार्यशालामा भारतका निर्देशक कवीर खान पनि उपस्थित रहनेछन्। मानन्धरका अनुसार पहिलो दिन यलमायाका तीनवटा हलमा विद्धार्थीहरूले तयार पारेका ७ वटा लघु चलचित्रहरू देखाइनेछ। जसमा लभ लाइक आवर्स, अ फरगटन समर, हेलो गाइज, पोट्रेट अफ फुड, विसपर्स बाइ द रिभर शोर, रेमन्यान्ट ९अवशेष० र पी फर पापाराजी सर्ट फिल्म रहेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.