add

सारुक ताम्राकार मृत्यु प्रकरण : नायिका नम्रता श्रेष्ठ भन्छिन्— मेरो मौनतालाई कमजोरी नठानियोस्






ActPro Nepal

|

१२ भदौ, २०८०

|
655

काठमाडाैं । सहकर्मी कलाकार सारुक ताम्राकारको निधन भएको लामो समयसम्म अभिनेत्री नम्रता श्रेष्ठले मुख खाेलेकी छिन् । उनले आफ्नो कमजोरीलाई कमजोर नठान्न आग्रह गरेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्,‘सम्पूर्ण देश तथा विदेशमा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार, इस्टमित्र, दर्शक तथा शुभचिन्तकहरूमा हार्दिक नमस्कार । धेरै समयपछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सूचना हजुरहरू माझ प्रवाह गर्न जाँदै छु । सन्दर्भ नेपाली चलचित्र ह्यासट्याग मायाको छायाङ्कनका क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाई दुःखी तुल्याएको छ । सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकशन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।

स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए। ऊनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए । यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ । यस दुखद घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दछु । यो घटना केही दिन पहिले घटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भएँ । सामान्य अवस्थामा पनि त्यतिसारो मिडियामा आउने मान्छे होइन म । तर हाल यो घटना पश्चात एकलौटी रुपमा विभिन्न मिडिया मार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो ।

मेरो परिवार र हाम्रो कानुनी टिमले त्यो किसिमको हर्कतलाइ नजिकबाट  नियालिरहेका थियौँ । एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुषप्रधान समाज हो ठीकै छ । मेरो मौनतालाइ कमजोरी नठान्न अपिल गर्दछु । म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक । हरेक नेपाली नागरिकको बाँच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देशमा कानुन मरेको छैन । यो कानुनी राज्य हो झुटको खेती गर्नु हुने सबै दिग्गज महानुभावहरुलाई सत्यको बाटो हिँड्नको लागि आग्रह गर्दछु । थुप्रै मिडयाहरुबाट कल आएको थियो । मेरो फोन मेरो दादासँग हुन्थ्यो । अहिले पनि मेरो परिवारले नै व्यवस्थापन गर्नु हुन्छ, तर मिडयामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन ।

मैले विभिन्न टेलिभिजनबाट लाइभ अन्तवार्ता दिन सक्थेँ तर बिगतमा मैले दिएको अन्तर्वार्ताहरुमा विभिन्न कुरा जोडेर तोडमोड गरियो । ट्रोल बनाउने प्रयास भयो । त्यसकारण यस बखत टेलिभिजन अन्तर्वार्तामा आइन । आवश्यक पर्दा दिउँला त्यसमा कुनै संकोच छैन । यो घटनासँग जोडिएका ‘फेब्रिकेटेडड समाचार र विभिन्न भिडियोहरू मेरो कानुनी टिमले हेर्नेनै छ । म यस चलचित्रको एक कलाकार पनि थिएँ । सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे । त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ । मृत्यु जस्तो सम्बेदनशील विषयलाई धेरै चर्चा गर्नु उचित हुँदैन ।

पत्रकार देशको चौथो अङ्ग हो । म उहाँहरूलाइ सधैँ सम्मान गर्छु । स्वच्छ पत्रकारिता पत्रकारको धर्म हो । तर केही पित पत्रकारिता गर्ने अनलाइन मिडियाहरूबाट यो घटनापछि भ्यूजका लागि जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचारप्रति म घोर भर्त्सना गर्दछु । यो किसिमका तथ्यहीन समाचारप्रति सम्पूर्ण देश विदेशमा रहनु भएका मेरा आफन्तजन,प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहनु हुन हार्दिक अनुरोध गर्दछु । म आफैँ पनि मेन्टल हेल्थको ‘सर्भाभर एण्ड एडभोकेट’ समेत भएकोले मैले सोचेँ कसैको यस्तो संवेदनशील विषय मिडियामा ल्याउन उचित ठानिन ।

म टोटल्ली घर अनी हस्पिटलतिर नै रहेँ । तर कपोकल्पित तबरले  देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिँजाइयो जब की इन्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ ।प्रहरी प्रशासनलाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरुले भन्नुभयो,‘तपाईं त विदेशतिर जानुभो भनेर हङ्गामा थियो त मिडियाहरु तिर। तर कतै भिजिट गरेको देखिन्न त’ भनेर सर्प्राइज हुनु भयो । चलचित्र मेकिङ टिम र मृतक का परिवारसँग मेरो परिवारका सदस्यहरू र सहयोगीले शुरुका दिनहरुबाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन । म आफू बिरामी नै थिएँ परिवार कै रेखदेख मा रहेँ ।

जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भएँ । यो घटना सम्बन्धी डिटेल इन्क्वाइरी भयो । जे जे यथार्थ थियो र हो सबै बताएँ । सो चलचित्रको मेकिङ टिम,कलाकारहरु सबै जनासँग सोधपुछ भइरहेको जस्तो लाग्छ । किनकी सो चलचित्रको कलाकार म मात्र थिइनँ । नेपाल प्रहरी विश्वकै टप छ अनुसन्धानमा । अब्बल प्रहरी हो भन्ने भनाइ छ । आशा छ यो घटनाको सत्यतथ्य पक्कै पनि दूध को दूध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौँ ।’

नम्रताले आफ्नो टाटसमा कालो बोका र धामीको कुरा पनि उल्लेख गरेकी छिन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.