पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ।

शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो। सिनेमाको शुभमुहूर्त समारोहमा सिनेमाका निर्देशकदेखि कलाकारसम्म उपस्थित रहेको थियो ।

सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए। अब सिनेमामा ‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रवेश भएको छ।

तर, निर्देशक दीपेन्द्र के खनालले सिनेमामा वर्षा ‘सरप्राइज’ रहेको बताए। शुभमुहूर्त समारोहमा अभिनेत्री वर्षा सिवाकोटी पनि उपस्थित भएकी थिइन्।

आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन्। सिनेमाको निर्माता पनि उनी स्वयं हुन्।

निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ। आगामी बडा दशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने घोषणा गरिएको छ।

Recent Comments

No comments to show.