new mega bankadd

महजोडीको चलचित्र ‘महापुरुष’ को गीत ‘बेमौसमी’ रिलिज (भिडियो)






ActPro Nepal

117

४ असोज, २०७९

काठमाडौं । चलचित्र ‘महापुरुष’ समावेश ‘बेमौसमी’ बोलको गीत रिलिज भएको छ ।

तिहारको भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ ।

गीतको भिडियोमा दुई पुस्ताका चार कलाकारहरुलाई प्रस्तुत गरिएको छ । हरिवंश आचार्य र गौरी मल्ल तथा अरुण क्षेत्री र अञ्जना बराइलीको जोडीलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

प्रदीप भट्टराई निर्देशित चलचित्रलाई दीपेश खत्रीले निर्माण र रविन्द्रसिंह बानियाँले सह-निर्माण गरेका हुन् ।

निर्देशक भट्टराईको यो चौँथो चलचित्र हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.