add

स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न सांसद संग्रौलाले गरिन् माग






ActPro Nepal

|

२९ जेठ, २०७९

|
874

काठमाडौं । काठमाडौं छायाँछवि क्रियसनले आयोजना गर्दै आएको छोटा फिल्महरूको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैटौं संस्करणका लागि आह्वान गरेको छ । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म छोटा फिल्म दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ ।

फेस्टा एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले छोटा फिल्म एवं छोटा वृत्तचित्रले भाग लिन पाउने बताए । उनका अनुसार छोटा फिल्म एवं छोटा वृत्तचित्रको समयावधि २ मिनेटदेखि ५९ मिनेटभित्रको हुनुपर्नेछ ।

‘नेपालमा पछिल्लो समय छोटा फिल्म एवं वृत्तचित्रको निर्माण बढेको छ । छोटा फिल्म एवं वृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता फिल्म एवं वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पु¥याउन र अझै गुणस्तरयुक्त बनाउन प्रोत्साहन दिने फेस्टिभल गर्न गरेका हौं’, उनले भने ।

फेस्टामा सहभागी फिल्मलाई बेस्ट सर्ट फिल्म (फिक्सन), बेस्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट/स्कृप्ट, बेस्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्डलगायतका अवार्ड प्रदान गरिनेछ । यीमध्ये बेस्ट सर्ट फिल्म (फिक्सन) र बेस्ट सर्ट फिल्म (डक्युमेन्ट्री) लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.