add

नयाँ वर्षको अवसरमा गायक सन्तोष गुरुङको ‘यो बैंश’ सार्वजनिक (भिडियोसहित)






ActPro Nepal

|

१ वैशाख, २०७९

|
2253

काठमाडौं । गायक तथा संगीतकार सन्तोष गुरुङ नयाँ गीत सार्वजनिक भएको छ।

नयाँ वर्षको अवसरमा क्यानभासप्लस मल्टीमिडिया युट्युब च्यानलमार्फत  गुरुङको ‘यो बैंश’ सार्वजनिक भएको हो ।  

सन्तोष भक्तराजको शब्दमा गुरुङको स्वरमा रहेको गीत माया प्रेम र बैशको बारेमा केन्द्रीत छ ।

‘यो बैंश’ बोलको गीतको लिरिकल भिडियो युट्यूबमा अपलोट समेत गरिएको छ । लोक तथा आधुनिक पप गीतमा आफूलाई स्थापित गरेका सन्तोष गुरुङका दर्जन बढी गीत लोकप्रिय छन् ।  

सिमित तर गहन किसिमका गीत गाउन रुचाउने गुरुङ पछिल्लो समयमा राजनीतिमा पनि सक्रिय छन् ।

०६२ सालमा कन्याममा चिया टिप्ने ठिटी नामक गीत रेकडिङ गरेर गायनमा आफ्नो पाईला बढाएका गुरुङले २०६९ सालमा ‘सुनसान रात’ गीतवाट वेष्ट न्यु आर्टिसमा ईमेज अवार्ड समेत हात परिसकेका छन् । उनको ‘मतसधै  गीत पनि पछिल्लो समय चर्चामा आएको गीत हो ।






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.