add

के हो ‘सेक्स एडिक्सन’ ? तपाईमा त यी लक्षण छैन नी ? यसरी पाउन सकिन्छ छुटकारा






ActPro Nepal

|

२ पुष, २०७८

|
1001

एजेन्सी ।  दश पुरुष मध्ये एक र सात प्रतिशत महिलाहरु सेक्स एडिक्सनबाट पीडित रहेको एक अध्ययनले देखाएकोछ । सेक्सले वैवाहिक जीवनलाइ सुखमय बनाउछ । तर त्यही सेक्स नभई नहुने अवस्था उत्पन्न भयो भने त्यो सेक्स एडिक्सनमा रुपान्तरण हुन्छ ।

अमेरिकाको मिनएसोटा विश्वविद्यालयमा गरिएको एक अध्ययन अनुसार १० प्रतिशत पुरुष अमेरिकीहरु सेक्स एडिक्सनबाट पीडित छन् । उनीहरुका लागि सेक्स अनिवार्य सरह भएको छ । त्यस्तै सात प्रतिशत महिलाहरु पनि यस्ता छन्, जसलाई सेक्स नभइ हुँदैन । अमेरिकी समाजमा सेक्सबारेको धारणा क्रमश फेरिदै गएको छ । जसका कारण पनि सेक्स सम्बन्धी व्यवहार बदलिएको छ ।

१९७० को दशकसम्म पनि अधिकांश अमेरिकीहरु विवाहभन्दा अगाडि सेक्स नगरेको राम्रो भन्ने ठान्थे । तर अहिले त्यस्तो छैन । अहिले विवाह भन्दा अगाडि र क्याजुअल सेक्स सामान्य बन्दै गएको छ । समलिंगी यौन व्यवहारमा पनि अमेरिकी समाज उदार बन्दै गएकोछ । यो कारणले सेक्स बारे मानिसहरुका नयाँ धारणा क्रमश विकास हुँदै गएका छन् । यस्तै उदारताका कारण कतिपय मानिसहरु सेक्सको लत बसेको बताइन्छ । जनस्वास्थ्य विज्ञहरु भने अहिले सेक्सबारे मानिसहरु अनियन्त्रित तबरले अगाडि बढ्दै गएकोमा चिन्तित छन् ।

मानव जीवनमा सेक्सको आफ्नै महत्व छ । समाजको विकास र सामाजिक संरचनाको विकासमा सेक्सले आफैमा महत्व राख्दछ तर यसको दुरुपयोग भयो बहने यो त्यति नै हानिकारक हुन् जान्छ । हाम्रो समाजलाई विकृतियुक्त बनाउन सेक्सको दुरुपयोगको ठुलो भूमिका छ । हरेक दिन सुनिने बलात्कारका घटना देखि हालै हलिवुडमा देखिएको अभिनेत्रीहरु प्रतिको दुर्व्यवहार सेक्सको लतका नतीजा हुन् । सेक्सको लतले हाम्रो जीवनलाई मात्र बर्वाद गर्दैन समाज र यसका विभिन्न क्षेत्रलाई नै कलंकित बनाइदिन्छ ।

तपाई हामीलाई थाहा छ कि जुनसुकै चिजको पनि अति प्रयोगले नोक्सान पुर्याउन्छ । के तपाईलाई थाहा छ कि सेक्सको पनि लतपनि बस्छ ? कुनै पनि कुराको लत लग्नु राम्रो हैन। चाहे त्यो रक्सीको होस् चुरोट खैनीको होस् या अन्य कुनै कुराको लत यसले मानिसको सामाजिक र व्यक्तिगत जीवनलाई ध्वस्त बनाइदिन्छ। लत जेको पनि हुन् सक्छ र कतिपय मान्छेमा सेक्सको पनि लत हुन्छ भन्ने सुन्दा तपाईं-हामीलाई अचम्म लाग्न सक्छ। सामान्यतयाः ‘सेक्स एडिक्सन’ या ‘यौनको लत’को बारेमा मानिसहरू खुलेर कुरा गर्न रुचाउन्नन। तर यस्तो प्रकारको लत लागेका मानिसले आफ्नो व्यक्तिगत, पारिवारिक एवं सामाजिक जीवन नै तहस नहस पारिदिन सक्छ।

के हो त सेक्स एडिक्सन ?


सेक्स एडिक्सन एउटा गम्भीर मनोवैज्ञानिक समस्या हो। यौनेच्छा नियन्त्रणभन्दा बाहिर गएको खण्डमा यस्तो समस्या हुन जान्छ। यस्तो अवस्थामा मानिस प्रत्येक पल सेक्सको बारेमा मात्रै सोच्ने हुन्छ। हामीहरूको सामान्य बुझाई के रहेको हुन्छ भने पुरुषअरू मात्र सेक्स एडिक्ट हुने गर्दछन् तर यो सत्य भने होइन महिलाहरू पनि पुरुष जत्तिकै सेक्स एडिक्ट रहेको पाइएको छ।

वास्तवमा सेक्समा रुचि राख्नु, यसमा अत्यधिक सक्रिय रहनु या एडिक्ट नै हुनु सबै फरक फरक फरक कुरा हुन्। यस्ता एडिक्टअरूले उसको गतिविधिले उसको व्यक्तिगत जीवन उसको परिवेश लगायत समाजलाई कस्तो असर पारिरहेको छ भन्नेबारे समेत ध्यान दिंदैन। कतिपय अवस्थामा यस्तो प्रकारको लातले मानिसलाई अवसादको चरम सीमासम्म लैजाने भएकाले उसले आत्महत्या जस्ता खतरनाक कदम समेत उठाउन सक्छ। यस्तो अवस्थालाई ‘अब्सेसिभ कंपल्सिभ डिसअर्डर’ भन्ने गरिन्छ।

नेपालमा यसकोबारेमा अध्ययन भएको कुनै प्रमाण त भेटिन्न तर यस्तो प्रकारको समस्या नेपालमा नदेखिएको भने होइन। अब तपाईंको साथीमा पनि कतै यस्तो प्रकारको लत त छैन भन्ने कुरा थाहा पाउन केहि लक्षणहरूमा ध्यान दिनु पर्ने हुन्छ।

कुरा लुकाउने


यदि तपाईंको साथीले तपाईं बाट सानासाना कुरा लुकाइराखेको छ र कुनै पनि कुरामा आवश्यकता भन्दा बढी गोपनियता कायम गर्न खोजिराखेको छ भने त्यस्तो अवस्थामा केही समस्या आउन सक्छ।

त्यस्तै भेटूँ भन्दा या फोन गर्दा अनेक थरि बहाना बनाएर कुरा लुकाएको जस्तो गरिराखेको छ भने पनि उसमा यस्तो लत लागेको हुन् सक्छ।

तर यी लक्षणहरू देखिंदैमा तपाईंको साथी सेक्स एडिक्ट भइहालेको भने नहुन सक्छ। यसका केही अन्य लक्षणहरू पनि छन् जसको राम्ररी निरीक्षण गरेर मात्र निष्कर्षमा पुग्न सकिन्छ।

सधैँ सेक्सकै बारेमा सोची रहनु


यदि तपाईंको साथीले जीवनका अरु अवश्यकीय पक्षहरूलाई नजरअन्दाज गरेर हरेक समय सेक्सकै बारेमा मात्र सोचिरहन्छ भने पनि ऊ सेक्स एडिक्ट भएको हुन् सक्छ। यस्तो व्यक्तिको मष्तिष्क सधैं अस्थिर रहने हुन्छ।

सधैँ उत्तेजक साहित्य खोजी खोजी पढ्नु


यदि तपाईंको साथीले इन्टरनेटमा खोजी खोजी उत्तेजक तस्बिर या भिडियोहरू हेर्ने गर्छ भने पनि ऊ सेक्स एडिक्ट भएको हुन् सक्छ। यस्तो व्यक्ति पत्र-पत्रिकाहरू या इन्तार्नेत्मा हरेक समय ‘सेक्सुअली एक्सप्लिसिट’ भनेर व्हिनिएको विषय वस्तु कोजी खोजी हिँड्ने गर्दछ।

विशेषज्ञहरूका अनुसार यदि दुई यौन साथीहरू सँगै त्यस्तो सामग्री हेर्छन् भने यसले तिनीहरूको सम्बन्धमा रोमांचकता ल्याउँछ तर यसको साटो यदि तपाईंको साथी एक्लै सबै कुरा बिर्सेर यस्तो सामग्री हेर्छ र त्यस बेला सबैलाई बिर्सिन्छ भने त्यो लक्षण भने कदापी ठिक होइन।

उत्तेजक स्वैरकल्पना


यस्ता मान्छेहरू उत्तेजक खालका कल्पनाहरूमा डुबिरहन्छन्। यस्ता कल्पनाहरू अवास्तविक र अति काल्पनिक सम्म हुने गर्दछन्।

यस्तो खालको समस्या भएका मानिसहरू लामो समयसम्म अवास्तविक यौनिक कल्पनालाई वास्तविक मानिरहेका समेत हुन् सक्छन्।

आपराधिक प्रवृत्ति


यस्ता व्यक्तिहरूमा यौनजन्य अपराधहरू गर्ने प्रवृत्ति रहेको हुन्छ। उनीहरू मौका पाउनासाथ यौनजन्य हिंसामा प्रवृत्त हुन सक्छन्। विपरित लिंगीलाई जिस्क्याउने, अपशब्द प्रयोग गर्ने या आक्रमण गर्ने जस्ता काम यस्ता व्यक्तिबाट हुन् सक्छन्।

जीवनप्रति उदासीनता


यस्ता मानिसहरूमा सेक्सप्रतिको अत्यधिक चाहले गर्दा जीवनप्रतिको उदासीनता देख्न सकिन्छ। यसले गर्दा उसको दैनन्दिन जीवनका कामहरू रोकिने हुन सक्छन्। उसले घर या अफिसको काममा ध्यान नदिन सक्छ बरू ऊ हरेक समय यौनिक विषयवस्तु भएको साहित्य या श्रव्य-दृश्य सामग्रीमा भुलिरहेको हुन्छ।

चरम यौन असन्तुष्टि


यतो मानिसमा देखिने एउटा लक्षण चरम यौन असन्तुष्टि पनि हो। जसका कारण उसका धेरै यौन सथीहरू हुन सक्छन् तर पनि उसले अन्य महिला या पुरुषसँग सम्बन्ध स्थापित गर्ने लोभ गरिराखेको हुन्छ।

यस्ता मानिसहरूले आफु बसेको स्थानको मर्यादा केहो भन्ने समेत बिर्सेर यौनजन्य क्रियाकलापहरूको अपेक्षा गरिरहेका हुन् सक्छन् ।

साथै चरम यौन असन्तुष्टिकै कारण यस्ता मानिसहरू बारम्बार हस्त मैथुन गर्दा पनि सन्तुष्ट हुँदैनन् र आफ्नो साथीसँग पीडादायी यौन व्यवहार समेत गर्ने गर्दछन्।

अस्थिर सम्बन्ध


यस्ता मानिसहरूको यौन व्यवहार अस्थिर सम्बन्धहरूको शृंखला रहेको हुन्छ। उसले जतिबेला पनि जुनसुकै पनि अपरिचित व्यक्तिसँग यौन सम्बन्ध स्थापित गर्न हिच्किचाहट मान्दैन। उनीहरू चाँडो चांडो यौन साथीहरू बदलिरहन्छन्। र उनीहरूलाई सम्बन्धहरूमा यौन बाहेक अरु चीज नै देखिन्न।

हामीले यस्तो सेक्स सम्बन्धि लतबाट कसरी बाहिर आउने भन्ने बारे केहि उपायको चर्चा गर्न खोजेका छौ :

नियमीत हस्तमैथुन गर्नु, कहिले कहिले पोर्न फिल्म हेर्नु, सेक्स पाटर्नरसँग दिनमा दुईपटक सेक्स गर्नु, उत्तेजित कपडा लगाएकी महिलाहरुमा आँखा लगाउनु लगाएतका कुराहरु सेक्स एडिक्शनमा पदैनन् । तर त्यहि हस्तमैथुनबाट सन्तुष्टी नमिल्नु, पोर्न फिल्म वा तस्विर हेर्नु, महिलाहरुलाई सधै गलत नजरले मात्र हेर्नु, दिनमा दूई पटक सेक्स गर्दा पनि सन्तुष्टि नमिल्नु, सेक्सका लागि कम उमेरका युवतीहरु खोज्नु सेक्स अडिक्शन भित्र पर्दछन् ।

जब मानिसहरुलाई सेक्स लतका रुपमा बसिसकेको कुरा थाहा पाउछन् । त्यसपछि सबैभन्दा पहिलो कुरा आफु एडिक्शनमा परेको कुरा स्विकार्दैनन् । तर, आफैभित्र भने मानिरहेका हुन्छन् कि यो सामान्य अवस्था भन्दा बाहिर छ र यो समस्याको रुपमा देखा परि सकेको छ, यो नै उपचारको बाटो देखाउने पहिलो कदम हुनेछ । तपाई सेक्स एडिक्ट हो भन्ने कुरालाई नकार्नु हुदैन र योसँग लड्नु पर्छ र यसलाई सुल्झाउने तिर अगाडि बढ्नु पर्छ ।

त्यो कुन चिज हो कि तपाईलाई सेक्स गर्ने इच्छा जगाउछ ? । के तपाई आफुलाई कमजोर महसुस गर्दै गर्दा वा प्रेमीदेखी टाढीनु पर्दा यस्तो हुन्छ ? अथवा तपाई सोच्नुहुनछ कि जीवन छोटो छ र आफ्नो हरेक इच्छा पुरा गर्दै जानु पर्छ ? यदि तपाईले कुन हिसाबले तपाईले सेक्स लत लाग्छ बुझ्ने भयो भने यसलाई नकार्न मदत पुर्याउछ ।

जब तपाईलाई थाहा हुन्छ कि कुन चिजले तपाईको सेक्सको लत लाग्छ । त्यसपछि यसबाट बच्ने कोशिस गर्नुहोस् । अरु कुनै विषयवस्तु तिर आफ्नो भ्यान लगाउनुहोस् । आफ्नो रुचिको विषयमा लाग्नुस् , त्यो इच्छा शक्तिको विषय हुनुपर्छ, लेखन, खाना बनाउनु, ट्रेकिङ लगाएतमा लाग्नुस् जुन रचनात्मक काममा हुन्छ।

सेक्स एडिक्सन भएका महिलाहरुको लक्षणहरु

– राम्रो केटा देख्ने बित्तिकै यौन चाहना हुनु l

-परिचय भएको २/४ दिनमा नै केटा संग आबश्यक भन्दा बेसी नजिक हुनु l

-सामाजिक संजाल मार्फत अत्याधिक केटाहरु संग बोल्नु तथा सोच्नु र नयाँ नयाँ केटा खोज्नु l

-केटाहरुले भेट्न बोलाउने बित्तीकै खुसि खुसि उनीहरुले भनेको ठाउँ मा जानु l

-बारम्बार सेक्सको बारेमा ध्यान जानु अनि केटाहरुको अगाडि आफुलाई नियन्त्रण गर्न नसक्नु l

-मदिरापान गरे पछि यौनको आशक्ति भएर अपरचित केटा संग नजिक हुनु र यौन ब्यबाहार दर्शाउनु l

-सामाजिक संजालमा धेरै भन्दा धेरै यौन गतिबिधि पढ्नु, हेर्नु सेक्स एडिक्सनको लक्षण हो l

– यौनजन्य बिचार वा ब्यवहार नियन्त्रण गर्न बारम्बार प्रयास गर्दा पनि सक्नु हुन्न वा असफल भैरहनु भएको छ भने पनि यो सेक्स एडिक्सनको लक्षण हो ।

– अरुको मनस्थिति वा आफ्नै समेत शारीरिक वा भावनात्मक अवस्था ख्याल नगरी जतिबेला पनि यौनजन्य गतिवधि गर्न खोज्नु हुन्छ भने यो पनि समस्या हो ।

– इज्जतको समेत ख्याल नगरेर यौनिक क्रियाकलापमा उत्रिन थाल्नु भो भने सम्झिनुस् तपाइँ सेक्स एडिक्ट हो ।

– सेक्सको क्षमता भए पनि नभएपनि जतिबेला पनि दिमागमा सेक्स सम्बन्धी बिचार आउनु वा यस्ता गतिविधीका लागि उद्दत रहनु सेक्स एडिक्सनको लक्षण हो ।

– तपाइँ निराश भएको बेला, तनाव हुँदा वा दिक्क लाग्दा सेक्स बारे कल्पना गर्नु हुन्छ वा त्यसका लागि कदम नै चाल्नु हुन्छ भने यो सेक्स एडिक्सनको संकेत हो ।

– महत्वपूर्ण काम गरिरहेको समयमा वा परीक्षाका लागि पढिरहेको समयमा समेत यौनजन्य बिचारले दुःख दिन्छन् वा यौन जन्य गतिविधी गर्नु हुन्छ भने यो पनि त्यसकै लक्षण हो । जुन कुरा यौन सम्बन्धी छैन त्यसमा समेत यौनिक विषय जोड्ने मनस्थितिमा पुग्नुलाई सेक्स एडिक्सन भनिन्छ ।

– यदि तपाइँ अपरिचित ब्यक्तिसँग पनि यौनजन्य गतिविधी गर्न वा पैसा तिर्न समेत तयार हुनु भने पनि सम्झिनुस् तपाइँमा समस्या छ । निकटसँग यौनजन्य ब्यवहार स्वभाविक हो तर अपरिचितसँग पनि उस्तै बिचार आउन थाल्नु सेक्स एडिक्सनको संकेत हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.