add

खाडी मुलुकमा प्रतिबन्धका बाबजुद अक्षयको ‘बेलबटम’को राम्रो कमाई






ActPro Nepal

|

८ भदौ, २०७८

|
1484

एजेन्सी । अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’लाई खाडी क्षेत्रका तीन वटा देशहरूले प्रतिबन्ध लगाएका छन् । साउदी अरब, कुवेत र कतारले प्रतिबन्ध लगाए पनि यो बलिउड सिनेमाले चौथो दिनसम्म आइपुग्दा राम्रो कमाई गरेको छ । 

बेलबटममा ऐतिहासिक तथ्यलाई तोडमोड गरिएको भनेर ती मुलुकहरूले प्रतिबन्ध लगाएका हुन् । सन् १९८० मा भएको एक विमान अपहरणको घटनामा आधारित यो सिनेमामा अक्षय कुमार भारतीय जाज्ञुसि संस्था रअको एजेन्टका भूमिकामा रहेका छन् । 

प्रदर्शनको चौथो दिनमा १२.६५ करोड भारु कमाएको छ । कोभिड महामारीपछि पहिलो पटक हलमा प्रदर्शनमा आएको फिल्मले आइतबार मात्रै ४.३० करोड रकम आम्दानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अगस्ट १९ मा प्रदर्शनमा आएको फिल्मले दोस्रो दिनमा मात्र ३ करोडको व्यापार गरेको थियो । रक्षा बन्धनका दिन भने फिल्मको आम्दानी ३३ प्रतिशतले बढेको बताइएको छ । बिहीबार फिल्मले २.७५ करोड र शुक्रवार २.७५ करोड कमाएको थियो । शनिवार भने फिल्मले ३.२५ करोड कलेक्सन ग¥यो ।

महामारीबिच नै प्रदर्शनमा आएको ‘रुही’को कमाइलाई ‘बेलबटम’ले उछिनेको छ । जान्वी कपुर र राजकुमार राव अभिनित फिल्मको पहिलो हप्ताको व्यापार १२.५८ करोड थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.