add

राजकुमारको फिल्ममा शाहरुख–काजोल आप्रवासी जोडी






ActPro Nepal

|

१५ साउन, २०७८

|
1362

काठमाडौं । बलिवुडमा आइकोनिक जोडी मानिएको शाहरुख खान र काजोलको जोडी फेरी एक पटक फिल्मी पर्दामा आउने भएका छन् ।

शाहरुख र काजोल बलिवुडका सफल निर्माता निर्देशक राजकुमार हिरानीको नयाँ फिल्ममा सँगै आउन लागेका हुन् ।

राजकुमार हिरानीले बनाउन लागेको नयाँ फिल्ममा शाहरुख खान प्रमुख भूमिकामा हुने छन् भने काजोलले उनकी पत्नीको भूमिका निभाउने फ्री प्रेस जर्नलले उल्लेख गरेको छ ।

इमिग्रेसनको विषयमा बन्न लागेको यो फिल्म कमेडी र सोसल ड्रामा हुने बताइएको छ । यस फिल्ममा भारतको पंजावदेखि क्यानडासम्मको एक व्यक्तिको यात्रालाई प्रमुख विषय बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यस फिल्ममा शाहरुख र काजोलका अलावा तापसी पन्नु र विद्या वालन पनि हुने बताइएको छ ।

फिल्मको शुटिंग आउदो अप्रिलबाट हुने तयारी गरिएको छ भने फिल्मलाई राजकुमार हिरानी र शाहरुख खान दुवै मिलेर निर्माण गर्दै छन् । फिल्मको संगीत शान्तनु मोइत्राले बनिरहेको बताइएको छ ।

शाहरुख र काजोलको जोडीले बलिवुडमा कुछ कुछ होता है, दिलवाले दुल्हनिया ले जाएंगे, माइनेम इज खान, दिलवाले जस्ता फिल्ममा अभिनय गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.