add

विश्वलाई नै सन्देश दिने गीत मेराे विश्व मेराे घर सार्बजनिक (भिडियाे)






ActPro Nepal

|

२२ चैत, २०७६

|
1720

काठमाडौं । बिगत केही समयदेखि समग्र विश्व कोरोनाको डरलाग्दो कहरबाट आक्रान्त बनेको अबस्थामा विश्वलाई नै सन्देश दिने खालको गीत `मेरो विश्व मेरो घर´ नेपाली सङ्गीत बजारबाट प्रकाशन भएको छ। 

गीतकार प्रकाश सुवेदीको परिकल्पना र शब्द रहेको गीतमा सङ्गीत संयोजकको रुपमा चिनिंदै अाएका साहस शाक्यको सङ्गीत, सङ्गीत संयोजन र स्वर रहेको छ। विशेष गरि विश्व वन्धुत्वलाई जोड दिइएको गीतले मान्छेमा बढ्दै गएको श्वार्थीपन, तेरो, मेरो, धार्मिक क्षेत्रीय र साम्प्रदायिक भावना, शक्तिशाली व्यक्ति र राष्ट्र हुनुको अाडम्बर जस्ता यावत मानवीय नकरात्मक पक्षहरुलाई एउटा अदृष्य जिवाणुले नराम्रो सँग ठेगान लगाइदिएको विषयलाई बिम्बात्मक शैलीमा उठान गरिएको छ। 

नक्शा र सिमानाले जे जति भागमा बाँडिएता पनि आखिर पुरै विश्व एउटै हो र विश्वमा रहने हरेक व्यक्तिहरु दाजुभाइ हुन् भन्ने आशय गीतमा झल्किएको छ।

आऊ नक्शाको सिमाङ्कित रेखा तोडेर फराकिलो बन्नुछ 

हिजो गाउँ, देश र राष्ट्रियता भनियो अब मेरै विश्व भन्नुछ 

मेरो विश्व मेरो घर 

हटाउनु छ सब जहर 

अन्धकार चिरी 

बदल्नु छ प्रहर 

अहिले हामीले जस्तो खालको साझा समस्या झेलिहेका छौं त्यो विश्वकै साझा समस्या हो कहिलेकाहीँ समस्या यति शक्तिशाली बनेर अाउँछ कि जसलाई न त मानव निर्मित संरचना र प्रविधिले नै रोक्न सक्छ नत प्राकृतिक ढालहरुले नै। एउटा सानो झिल्क‍ोले संसार सिद्याउन सक्दोरहेछ भन्ने यथार्थ भोगीरहेको अवस्थामा हामी एक अर्काको सारथी बन्न सक्नु मात्र हैन समग्र विश्वनै मेरो घर हो भन्न पनि सक्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ। 

ब्यथा उही, कथा उही मानवता एउटै धर्म 

हिन्दु मुस्लिम जे जे भन सबको हुन्छ एउटै मर्म 

चीन, बेलायत अमेरिका,इटली र स्पेन रोयो 

सल्किएको झिझिल्कोले आज पुरै संसार छोयो 

जब समस्या साझा बनेर आउँछ तब समाधान पनि साझा नै बन्नुपर्छ बाख्रो खाने बाघले भोलि मान्छे पनि खान सक्छ भन्ने नेपाली लोकोक्ति अहिले चरितार्थ भएको छ। त्यसैले एउटालाई समस्या पर्दा अर्कोलाई दुख्नुपर्छ र पारस्परिक सहय‍ोग बिना सांसारिक समस्यालाई अन्त्य गर्न सकिँदैन भन्ने भाव बोकेको यो गीतलाई टि.एन.भट्ट विश्वामित्रले अङ्ग्रेजीमा भाषानुवाद गरेका छन् भने लिरिकल भिडियो बनाउने काम विरेन्द्र भाट बिपिनले गरेका छन् ।

बिपत्तिले सीमा नाघ्दा छेकेन खै ग्रेटवालले 

न त छेक्यो सागरले नै न त छेक्यो हिमालले 

मान्छे मान्छे सबै उस्तै सिङ्गो जगत घर मानी 

अभिमान, रीस त्यागौं हीत परस्पर ठानी

भिडियो हेर्नहोस : 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.