add

प्यारामाउन्ट मोटर्स र नबिल बैंकबीच सम्झौता






ActPro Nepal

|

२४ जेठ, २०८१

|
197

काठमाडौं । नेपालमा विद्युतीय गाडी वुलिङ्गको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रा.लिले आफ्ना ग्राहकहरुलाई वित्तिय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ।

वुलिङ्ग बिङ्गो इभिमा रुचि राख्ने नेपाली ग्राहकहरूको पहुँचमा पुर्‍याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ।

यो साझेदारीसँगै वुलिङ्ग बिङ्गो इभिमा परिवारमा सामेल हुन चाहने ग्राहकहरूले अब नबिल बैंकको उत्कृष्ट वित्तिय सुविधाहरूबाट लाभान्वित हुन सक्ने छन्।

जसमा ७ वर्षसम्मको फ्लोटिंग ऋण सुविधा र गाडीको मूल्यको ८०प्रतिशत सम्मको फाइनान्सिङ्ग सुविधा लगायतका छन्। ग्राहकहरूले ५ वर्षको लागि ९.९९ प्रतिशत र ७ वर्षको लागि १०.४९ प्रतिशत को स्थिर ब्याज दरहरू, वा आधार दर + प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याज दर (१-३प्रतिशत को प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधार दर) बीच छनौट गर्न सक्ने कम्पनीले जनाएकाे छ।

बैंकले व्यक्तिगत कर्जाको लागि भ्याट बिलको ८० प्रतिशत सम्म र फर्मका लागि ७०प्रतिशत सम्म फाइनान्सिङ्ग गर्नेछ। जसको वित्तिय सीमा रु २५ लाख रहेको छ। अटो लोनको अवधि बैंकको नीति अनुसार स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फि सहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्छ।

प्यारामाउन्ट मोटर्स प्रा.लिका प्रवक्ताले ग्राहकहरूलाई वुलिङ्ग बिङ्गो इभिकाे लागि सहज र सुलभ वित्तिय सुविधाहरु प्रदान गर्न नबिल बैंकसँग साझेदारी गर्न पाउँदा आफूहरू भएकाे बताए।

चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङ्गले सेनाका उपकरणहरू मर्मत गर्नेदेखि विमान, खेती गर्ने मेसिन र ट्रयाक्टरहरु उत्पादन गर्ने काम गरेको थियो। १९८० को दशकमा मित्सुबिशीसँग साझेदारी गर्दै वुलिङ्गले गाडी उत्पादनमा प्रवेश गर्यो। सन् २००२ मा एसएआईसी जीएम वुलिङ्ग संयुक्त उद्यम स्थापना भएको थियो।

२०२० देखि २०२२ सम्म विश्वको सबैभन्दा धेरै बिक्री हुने सानो इलेक्ट्रिक कारको रुपमा ख्याति कमाएका यी गाडीहरु २०२३ को शुरुवातमा १.१ मिलियन भन्दा बढी बिक्री भएको थियो।

वर्तमान समयमा वुलिङ्गले गुआङ्क्सी अटोमोबाइल समूह अन्तर्गत बिजुली र जीवाश्म इन्धन एसयुभी, एमपीभी पिकअपहरु र व्यावसायिक सवारीहरू उत्पादन गर्दछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.