add

गल्फ लुब्रिकेन्ट्सद्वारा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन






ActPro Nepal

|

१९ चैत, २०८०

|
70

काठमडौं । नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन गर्नुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सम्पन्न गरेको छ ।

सुदुरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकाश गर्नका लागि चाहिने सान्दर्भिक टेक्निकल तालिम प्रधान गरिएको थियो ।

सोही अवसरमा गल्फ लुब्रिकेन्ट्सप्रतिको मनोबल अझै वृद्धि गर्ने उद्देश्यले फ्याक्ट्री भिजिट पनि गराइएको थियो । नेपालकै अत्याधुनिक फ्याक्ट्रीहरु मध्ये एक यो फ्याक्ट्रीको उत्पादन प्रक्रिया र प्रयोग हुँने उच्चस्तरिय टेक्नोलोजीहरुको बारेमा पनि बिस्तृत जानकारी गराईएको थियो ।

ल्यूब आयलको ल्याबमा भएको विभिन्न डिजिटल उपकरण मार्फÞत लब्रिकेंट्सको १७ थरी भन्दा बढ़ी पैरामीटर मापदंडमा गुणस्तरको माप गरेर मात्र वस्तुहरू बिक्रीमा पठाईने गरेको छ ।

नेपालमै एक मात्र कम्पनि जसले उच्च गुणस्तरको ग्रेड आइआई बेस आयल मात्र प्रयोग गरेको र विगत ५ बर्ष भन्दा धेरै देखि सो भन्दा निम्न स्तरको आयल इम्पोर्ट नै नगरेको बारे मेकानिक्सहरुलाई जानकारी गराइएको थिाये । उक्त विषयहरु थाहा पाउँदा, गल्फ लुब्रिकेन्ट्सप्रति अझै धेरै विश्वास बढेको खुशी व्यक्त गरेका छन् ।

सोही अवसरमा नायब महाप्रबन्धक हिरालाल रावतले भने,‘मेकानिक्स साथीहरुको सिप बिकाशमा हामी हरदम प्रतिबद्ध छौँ र येही अनुरुपको कार्यक्रम आगामी दिनहरुमा पनि संचालन हुनेछन्। गल्फ लुब्रिकेन्ट्सको अन्तर्राष्ट्रिय मापदण्डको पालना, उत्पादनको हरेक चरणमा लागु गरिएको क्वालिटी कन्ट्रोल र यहाँ प्रयोग हुने अत्याधुनिक प्रविधिको वास्तविक आँखा अगाडि जानकारी दिनु पाउँदा गल्फ लुब्रिकेन्ट्स प्रतिको विश्वास बढेको हामीले यो कार्यक्रममा अनुभूति गरेका छौँ ।’

सयपत्री स्टोर्सको सहकार्यमा संचालित कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका प्रादेशिक बजार व्यवस्थापक राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युबको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.