add

गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट






ActPro Nepal

|

१५ चैत, २०८०

|
107

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले सोलाबाङ, रुकुम (प) र श्रीनगर अटो भिलेज, सल्यानमा आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त कम्पनीले रुकुम (पश्चिम) र सल्यानका लागि आफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा सम्पन्न भएको थियो ।

नेपालका ग्रामीण र शहरी दुवै क्षेत्रमा रहेका रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुको सल्लाह र सुझाबलिई उहाँहरुको सीप विकाश गर्ने उद्देश्य अनुरुप सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

सोलाबाङका प्रहरी इन्चार्ज लाल बहादुर रोका र सारधा नगरपालिका १२ का वडा प्रमुख सुरेन्द्र बुडाको प्रमुख अतिथित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रम बिक्रेता र मेकानिक्सहरुले उत्साजनक रुपमा सहभागिता जनाएका थिए । सो कार्यक्रममा २५ जना उत्कृष्ट मेकानिक्सहरुलाई सम्मान पनि गरिएको थियो । साथै, नेपाल ल्युब आयल र मध्यपश्चिम सप्लायर्सको सहकार्यमा श्रीनगर अटोभिलेजलाई शुद्ध पिउने पानीको लागी १५ ली. क्षमता को आरो जडान गरी वडा प्रमुख बुढाको हातबाट उद्घाटन पनि गरिएको थियो ।

कार्यक्रममा नेपाल ल्युब आयलका डिलर इन्चार्ज सन्तोष न्यौपानेले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.