add

अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’






ActPro Nepal

|

५ चैत, २०८०

|
80

काठमाडौं । एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट गरेको छ । कम्पनीले विद्युतीय सवारी प्रतिको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको हो ।

“एमजी ४ स्ट्रेंन्थ टेस्ट: इन्डुरेन्स इन एड्भरसिटी ” नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ई.भी स्ट्रेन्थ टेस्ट हो । गत चैत १ गते बिहिबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न सेलिब्रेटी, मिडियाकर्मी, ग्राहक तथा सामाजिक संजालका प्रभावकर्ताहरू सहभागी गराएको हो ।

धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी४ इभिको ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरुले हिलो बाटो, सार्प टर्निङ, हील असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा एमजी४ इभिको परीक्षण गरेका थिए । ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरुले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका थिए ।

एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एम.जी फोर, अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो । उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो ।

यसो हेर्दा कम ग्राउण्ड क्लियरेन्स भएको देखिए पनि इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सिर्जना नभएको पाईयो । यस एमजी४ इभिमा रहेको हील असिस्ट, हील डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अफ्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको अनुभब सहभागीहरूले बताउनु भयो ।

‘नेपालमा रहेको बिभिन्न ई.भी गाडिहरू मध्ये एम.जीले पहिलो पटक यस्तो परीक्षण गरेको हो । गाडीको “ग्राउन्ड क्लियरेन्स” को सम्बन्धमा रहेको शङ्का टेस्ट ड्राइभ पश्चात मेटिइएको पाइयो’, पारामाउन्ट मोटर्सका एक प्रतिनिधिले भने ।

सहभागीहरूले टेस्ट ड्राइभ पश्चात एमजी४ इभि सहरका चिल्ला बाटोमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरुमा पनि सहजै चलाउन उनले बताए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.