add

एमजि मोटर्सले सार्वजनिक गर्‍यो पहिलो ईभी चार्जिङ एप, केके छन् सुविधा ?






ActPro Nepal

|

२९ फागुन, २०८०

|
78

काठमाडौँ । एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ ।

यो एपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एपस्टोर र प्लेस्टोर दुवैमा नि:शुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन् ।

चार्जिङ्ग शुल्क ʻखल्ती एप’ मार्फत भुक्तानी हुने भएकोले ग्राहक महानुभावहरूको अनिवार्य ʻखल्ती एप’ हुन जरूरी हुन्छ । त्यसैले कम्पनीले सबै ग्राहकहरूलाई ʻखल्ती’ एप डाउनलोड गर्न आग्रह गरेको छ । पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाईभ अपडेटको साथै चार्जिङ्ग भुक्तानीमा सहजता पुर्‍याउने छ ।

यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस इभी र एमजी फो इभीका ग्राहकहरुलाई विशेष फाइदा गर्नेछ ।

हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ । साथै यस एप अन्तर्गतको आर.एफ.आइ.डी कार्ड मार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजिका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन् ।

ग्राहकहरूले आर.एफ.आइ.डी कार्ड कम्पनिबाट लिनको लागि भ्याट सहित रु.५०० को वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ । यो शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ । नेपालमा हाल एमजिको २१ वटा शोरूमहरु रहेका छन् ।

पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको दरमा प्रति युनिट दरमा थप २० प्रतिशत शुल्क लागू गर्नेछ । प्रति युनिट शुल्क पिक र अफ–पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.