add

चार्जमा राखिएको एमजीको कार जलेर नष्ट, किन राखियो घटना गुपचुप ?






ActPro Nepal

|

१७ पुष, २०८०

|
175

काठमाडौं । मोरिस ग्यालेज अर्थात् एमजी मोटर्सको विद्युतीय कार चार्जिङको क्रममा जलेर नष्ट हुँदा पनि उक्त घटना गुपचुप राखिएको पाइएको छ ।

उक्त कम्पनीको कार ‘जेडएस इभी’ मा यही पुस ९ गते राती आगलागी भएको थियो । बागमती प्रदेश–०१, ०२७ च १५८१ नम्बरको कार खाली चौरमा पार्किङमा राखिएको अवस्थामा आगलागी भएको हो ।

प्रहरीका अनुसार राती १ बजे आगलागी भए पनि त्यसको दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको प्रहरीको मुचुल्कामा पाइएको छ । सवारी धनि गोरखाका सुदीप लामिछानेले उक्त घटनाबारे कम्पनीसँग कुराकानी भइरहेको र अरु कसैलाई पनि यसबारे जानकारी नदिइएको बताएका छन् । नेपालमा एमजी मोटर्सको आधिकारिक विक्रेता पारामाउण्ट मोटर्सले यस घटनाबारे अनविज्ञता दर्शाएर पञ्छिन खोजेको छ ।

यससम्बन्धि समाचार टेकपानाले सार्वजनिक गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.