add

नाडाको अध्यक्षमा करण चौधरी






ActPro Nepal

|

४ पुष, २०८०

|
117

काडमाडौं । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नयाँ नेतृत्व सहमतिबाट टुङ्ग्याउने सहमती भएकाे छ । नाडाको आगामी कार्यकालका लागि अध्यक्षमा करण चौधरी चयन हुने भएका छन् ।

प्रतिस्पर्धामा आकाश गोल्छा प्रकाश कपुरी र करण चौधरी रहेकोमा चौधरीलाई सर्वसम्मत गर्ने निर्णय गरिएको नाडाले जनाएको छ।

लामो प्रयासपछि मंगलबार साँझ बसेको पूर्व अध्यक्षहरूसमेतको बैठकले सहमति गराउन सफल भएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए।

अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति जुटेको समेत थापाले बताए।

यसैगरी अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको थापाको भनाइ छ।

नाडाको अन्य पदाधिकारीमा समेत सहमति गराउने प्रयास भइरहेको नाडाले जनाएको छ।

नाडाको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ। २१ गते नयाँ कार्यसमिति चयन हुने छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.