add

जगदम्बा मोटर्सको महा एक्स्चेन्ज महोत्सव, १० लाखसम्म जित्ने अवसर






ActPro Nepal

|

२१ कार्तिक, २०८०

|
137

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेताजगदम्बा मोटर्सले महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने गरेको छ । महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोवेम्बर ७ देखि ११ सम्म आयोजना गरिएको हो । 

महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफआइसई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ । सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महा उत्सवका रुपमा मनाउन महोत्सवको आयोजना गरिएको हो । 

महा एक्स्चेन्ज महोत्सव उमंगैउमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरु हात पार्न सक्नेछन् । उपभोक्ताले मेला मार्फत आफ्ना पुराना बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा ५० हजार रुपैयाँसम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाख सम्मको क्याश डिस्काउन्ट र साथै बम्पर उपहारमा १० लाख रुपैयाँ नगद जित्ने अवसर प्राप्त गर्नेछन् ।

२५ प्रतिशतसम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको स्विधापनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसारयी लगायत सम्पुर्ण सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नयाँ बाईक खरिद गर्ने अफरपनि महोत्सवमा उपलब्ध हुनेछ ।

म्हा एक्स्चेन्ज मेला, उमंगै उमंगको नयाँ सवारी सार्वजकिका साथै आकर्षक एकस्चेन्ज अफरका साथै उपहारहरुको पनि ब्यवस्था गरेको छ । मोटरसाइकलका पारखीहरुले यो अवसरछुट्याउनै नहुने कम्पनीको भनाइ छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.