add

विद्युतीय सवारीमा आकर्षण बढ्दो, एक महिनामै एक हजारभन्दा बढी गाडी आयात






ActPro Nepal

|

१३ कार्तिक, २०८०

|
271

काठमाडौं । नेपालमा विद्युतीय सावारी साधनमा सर्वसाधरणहरुको चासो र आकर्षण बढ्न थालेको छ । 

पछिल्लो एक महिनामै १२०० भन्दा बढी विद्युतीय सवारी (कार, जिप र भ्यान) आयात भएको छ ।  

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा २ हजार १३५ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै १ हजार २३७ वटा विद्युतीय सवारी आयात भएको विभागको तथ्याङ्कले देखाउँछन् ।

चालु आवको तीन महिनामा ५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको  विद्युतीय सवारी आयात भएको हो । नेपालमा चीन, भारत, जर्मनी, कोरिया र इन्डोनेसियाबाट इभि गाडी नेपाल आउने गरेका छन् । समीक्षा अवधिमा ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका विद्युतीय सवारी नेपाल आएका हुन् ।

विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन् । नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ ।

नेपाल अटो बजारमा पनि बिस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधनका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । सरकारले चालु आव २०८०/८१ को बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने उल्लेख गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको सङ्ख्या वृद्धिमा थप योगदान गरेको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ । असोज मसान्तसम्ममा भारतबाट विभिन्न तौल क्षमताका १ हजार ७३ वटा इभी नेपालले आयात गरेको छ । असोज मसान्तसम्ममा सबैभन्दा दोस्रो धेरै छिमेकी मुलुक चीनबाट विद्युतीय सवारी आयात भएको छ। सो अवधिमा चीनबाट मात्रै ३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बराबरको  १ हजार ५१ वटा विद्युतीय गाडी नेपाल भित्रिएको हो । 

यस्तै इन्डोनेसियाबाट १ करोड २२ लाख बराबरको ७ वटा, जर्मनीबाट १ करोड १२ लाख बराबरको २ वटा र कोरियाबाट पनि २ वटा इभी नेपाल भित्रिएका छन् । गत आवको असोज मसान्तको तुलनामा पनि विद्युतीय सवारी आयात तीन गुणा अर्थात् २०२.८३ प्रतिशतले बढेको हो । गत आवको असोज महिनामा जम्मा ७०५ वटा मात्रै विद्युतीय गाडी नेपाल भित्रिएका थिए । 

विद्युतीय सवारी आयात बढेसंँगै राजश्व संकलन पनि वृद्धि भएको छ । तीन महिनामा विद्युतीय सवारी आयातबाट सरकारले २ अर्ब २४ करोड २१ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । गत भदौसम्म पनि १ अर्ब १२ करोड ६० लाख रुपैयाँ राजश्व उठेको थियो । गत आवको असोज मसान्तसम्ममा पनि ७०५ वटा इभी आयातबाट पनि सरकारले ६२ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

विशेषगरि इभिमा अपरेसन लागत पनि कम लाग्ने भएकाले यस तर्फ आकर्षण बढेको व्यवसायीहरू बताउँछन् । पेट्रोलियम पदार्थबाट चल्ने गाडी भन्दा कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि समेत राम्रो हुने भएकाले विद्युतीय सवारी आम प्रयोगकर्ताको रोजाइमा परेको व्यवसायीहरूको भनाई छ । 

पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि बिस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको बताइन्छ । नेपाल विद्युत् प्राधिकरणले पनि विद्युतीय सवारी चार्जिङ्ग स्टेसन निर्माण गरिरहेको छ । यसका साथै निजी क्षेत्रबाट पनि चार्जिङ्ग स्टेसन निर्माणका भइरहेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.