add

इनड्राइभले दियो म्याराथनको विजेतालाई इलेक्ट्रीक स्कुटर






ActPro Nepal

|

२९ असोज, २०८०

|
254

काठमाडौं । राइडिङ सेयरिङ सेवा प्रदायक इनड्राइभले काठमाडौं म्याराथनका विजेतालाई इलेक्ट्रीक स्कुटर प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित १५औं संस्करणको फुल म्याराथनका विजेता होमनाथ श्रेष्ठलाई ईभी स्कुटर उपहार प्रदान गरेको हो ।

काठमाडौं म्याराथन एक प्रतिष्ठित दौड प्रतियोगिता हो । जसमा नेपालभरका खेलाडीहरू र इच्छुक व्यक्तिहरुले सहभागिता जनाउँछन्।

एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकदेख नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख फिक्स्चर हो। यस वर्ष इनड्राइभले फाउन्डेसनसँग हातेमालो गरेको थियो।

इनड्राइभले म्याराथन र यसका विजेताहरूलाई समर्थन गर्नुका साथै ८ सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ । सोही सहयोगमा ६०० जनाले तीन महिनासम्म तालिम लिएका थिए।

साथै, कम्पनीले शुल्क तिर्न नसक्ने धावकहरूलाई प्रमोट गर्न ३०० बढी खेलाडीलाई स्लट उपलब्ध गराएको थियो ।

नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.